काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बिहान ११ बजे बैठक बस्ने समिति सचिव दिनेश थापामगरले जानकारी दिएका छन्।
संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेलगत्तै अनुशासन समितिको बैठक बोलाइएको हो। त्यसकारण बैठकलाई पार्टीभित्र अर्थपूर्ण रूपमा हेरिएको छ।
महाधिवेशन रोक्न इतर पक्ष अदालत जाने
कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशन प्रक्रिया अघि नबढाउन माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको छ।
इतर पक्षले पार्टीको आधिकारिकतासम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले त्यसको निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने दाबी गर्दै आएको छ। सोही विषयमा कानुनी चुनौती दिने तयारी भइरहेका बेला अनुशासन समितिको बैठक बोलाइएको हो।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्