ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अख्तियारका पदाधिकारीसँग रास्वपा सांसदको चासो- प्रधानमन्त्री कार्यालयबाट मुद्दा चलाउन दबाब आएको हो ?


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ७ : ०५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुद्दा चलाउन दबाब आएको हो कि होइन भन्नेबारे स्पष्ट पार्न माग गरेका छन्।

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद न्यौपानेले अख्तियारका प्रमुख आयुक्त, आयुक्तलगायत पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती मुद्दा चलाउन निर्देशन दिएको भन्ने विषय सार्वजनिक भएको भन्दै त्यसको सत्यतथ्य स्पष्ट गर्न माग गरे।

उनले प्रधानमन्त्री कार्यालयबाट गैरकानुनी रूपमा दबाब दिइएको भए अख्तियारका पदाधिकारीले त्यसविरुद्ध औपचारिक उजुरी वा कानुनी प्रक्रिया अघि बढाए कि नबढाएको प्रश्न गरे।

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तपाईंहरूविरुद्ध गैरकानुनी काम गरेको हो भने त्यसका विरुद्ध तपाईंहरूले मुद्दा उठान गर्नुभयो कि भएन? उजुरी कतै हाल्नुभयो कि भएन?’ उनले प्रश्न गरे।

सांसद न्यौपानेले उजुरी नगरी सञ्चारमाध्यममार्फत मात्रै विषय सार्वजनिक गर्नु र पदमा निरन्तर बसिरहनु शपथको भावनाअनुकूल हुन्छ कि हुँदैन भन्ने विषयमा समेत आयोगका पदाधिकारीसँग जवाफ मागे।

यदि प्रधानमन्त्री कार्यालयबाट दबाब दिएर मुद्दा दायर गर्न लगाइएको भन्ने समाचार गलत हो भने सम्बन्धित सञ्चारमाध्यमविरुद्ध कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो। समाचार सत्य भए त्यसबारे स्पष्ट तथ्य सार्वजनिक गर्नुपर्ने उनले बताए।

‘भोलि कुनै निकायले तपाईंहरूलाई प्रेसर गर्‍यो र मेरो सभापतिमाथि मुद्दा उठान गर्दै भनेर ७ घण्टाको ठाउँमा ९ घण्टा राखिदियो भने मुद्दा उठान गर्ने? यो त हुँदैन होला नि,’ न्यौपानेले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

एउटै निर्णयको दुई परिणाम : किरण मुख्यमन्त्री, उद्धवको सांसद पद संकटमा

लामखुट्टे मार्ने ‘फगिङ’को धुवाँ कति सुरक्षित ? दम र फोक्सोका बिरामीलाई बढी जोखिम

जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ

राष्ट्र बैंकका गभर्नर र सञ्चालकको कार्यकाल ३ वर्षमा झार्ने सहमति

भदौ ९ देखि नाडा अटो शो, रोबोटिक्सदेखि ‘मेड इन नेपाल’सम्म विशेष आकर्षण

डेंगु संक्रमण रोक्न पर्वतमा ‘डेंगु खोजौँ र नष्ट गरौँ’ अभियान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu