ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेंगु संक्रमण रोक्न पर्वतमा ‘डेंगु खोजौँ र नष्ट गरौँ’ अभियान


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ७ : ३५   बजे

पर्वत । डेंगु संक्रमणको जोखिम बढ्न नदिन पर्वतमा ‘डेंगु खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गरिएको छ। वर्षायाममा घर तथा आसपास पानी जम्ने र त्यस्ता स्थानमा डेंगु सार्ने एडिस लामखुट्टेले प्रजनन गर्ने भएकाले सम्भावित जोखिम क्षेत्र पहिचान गरी पानी हटाउने तथा सरसफाइ गर्ने अभियान थालिएको हो।

जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजना तथा जिल्ला प्रहरी कार्यालय पर्वतको सहकार्यमा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको संयोजकत्वमा अभियान सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत कुश्मा नगरपालिका–७ खरिया क्षेत्रका विभिन्न ग्यारेज, किराना पसल तथा कुश्मा बजारका अन्य सम्भावित जोखिमयुक्त स्थानमा सरसफाइ गरिएको छ। सुरक्षाकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिले घर तथा पसल वरपर जमेको पानी हटाउनुका साथै पानी जम्न सक्ने भाँडाकुँडा, पुराना टायर, बोतल, बाल्टिनलगायत सामग्री हटाएका थिए।

टोलीले लामखुट्टेको सम्भावित प्रजननस्थल पहिचान गरी नष्ट गर्दै कुश्माको शिवालय चोकदेखि खरेहासम्म सरसफाइ गरेको हो।

वर्षापछि गमला, पुराना टायर, बोतल, बाल्टिन, छत तथा कुलरलगायत स्थानमा पानी जम्दा एडिस लामखुट्टेका लागि प्रजननस्थल बन्न सक्छ। तातो र ओसिलो मौसम लामखुट्टेको वृद्धि तथा गतिविधिका लागि अनुकूल हुने भएकाले वर्षायाममा डेंगुको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन्।

डेंगु संक्रमित व्यक्तिलाई एडिस लामखुट्टेले टोकेपछि त्यही लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा डेंगु भाइरस सर्ने गर्छ। घना बस्ती, सरसफाइको कमी र घर वरिपरि थोरै मात्रामा पानी जम्ने अवस्थाले समेत संक्रमण फैलिने जोखिम बढाउने चिकित्सकहरूको भनाइ छ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलका अनुसार डेंगु सार्ने एडिस लामखुट्टे दिनको समयमा, विशेषगरी बिहान र साँझ बढी सक्रिय हुन्छ। त्यसैले राति मात्र लामखुट्टेको टोकाइबाट जोगिनु पर्याप्त नहुने उनले बताए।

प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका सूचना अधिकारी सुमन शर्माका अनुसार यस वर्ष पर्वतमा हालसम्म डेंगुका २७ जना नयाँ बिरामी भेटिएका छन्। तीमध्ये १२ जना निको भएका छन् भने १४ जना घरमै उपचाररत छन्। एक जना अस्पतालमा उपचाररत रहेको शर्माले जानकारी दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

एउटै निर्णयको दुई परिणाम : किरण मुख्यमन्त्री, उद्धवको सांसद पद संकटमा

लामखुट्टे मार्ने ‘फगिङ’को धुवाँ कति सुरक्षित ? दम र फोक्सोका बिरामीलाई बढी जोखिम

जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ

राष्ट्र बैंकका गभर्नर र सञ्चालकको कार्यकाल ३ वर्षमा झार्ने सहमति

भदौ ९ देखि नाडा अटो शो, रोबोटिक्सदेखि ‘मेड इन नेपाल’सम्म विशेष आकर्षण

अख्तियारका पदाधिकारीसँग रास्वपा सांसदको चासो- प्रधानमन्त्री कार्यालयबाट मुद्दा चलाउन दबाब आएको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu