ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोटमा बोलेरो जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ८ : २५   बजे

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

बिहीबार साँझ करिब ६ः३० बजे डोल्पा–जाजरकोट सडकखण्डअन्तर्गत नलगाड नगरपालिका–९ ताँत्राबाट दल्लीतर्फ आउँदै गरेको लु.१ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

दुर्घटनामा नलगाड नगरपालिका–१० का २५ वर्षीय बालकृष्ण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा घाइते बोहरालाई नगर अस्पताल दल्लीमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत रिफर गरिएको थियो। तर, अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए।

दुर्घटनामा नलगाड–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन्। उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जिप चालक नलगाड नगरपालिका–८ हलचौरका २४ वर्षीय विनोद विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

China Outlines Plans for Next-Generation Networks, Addresses Business Payments

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

China Disputes US Claim of Wrongful Detention of Myanmar Analyst

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu