काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्नुअघि नै प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) पोखरा प्रस्थान गरेका छन्।
रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक केहीबेरमा सुरु हुँदैछ। तर प्रधानमन्त्री शाह शुक्रबार बिहानै गाडीमार्फत पोखरातर्फ प्रस्थान गरेपछि बैठकमा सहभागी नहुने भएका छन्।
गत साउन १३ गते मात्रै रास्वपाले शाहलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो। पार्टीको महत्वपूर्ण बैठककै दिन वरिष्ठ नेता शाह अनुपस्थित हुनुलाई चासोका साथ हेरिएको छ।
विभिन्न पदमा मनोनयन हुँदै
आजको बैठकले पार्टीका विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य तथा विभाग प्रमुखहरूको मनोनयन गर्ने तयारी गरेको छ।
बैठकबाट पार्टीको सांगठनिक संरचनासँग सम्बन्धित महत्वपूर्ण निर्णय हुने भए पनि वरिष्ठ नेता शाहको अनुपस्थितिमै ती निर्णय अघि बढ्ने भएका छन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्