ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ६ : ३५   बजे

पोखरा । गत वर्षको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन निर्माण हुने भएको छ। सर्वोच्च अदालतले भवन निर्माणका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।

कास्की जिल्ला अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार नयाँ भवन निर्माण नहुँदासम्म वडा प्रहरी कार्यालय बैदामको पश्चिमतर्फको जग्गामा अस्थायी ट्रस्ट निर्माण गरी अदालतको सेवा सञ्चालन गरिनेछ। अस्थायी संरचना निर्माणमा पोखरा महानगरपालिकाले सहयोग गर्नेछ।

‘भवन निर्माणका लागि १५ करोड र माटो परीक्षण तथा नक्साका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ,’ किसानले भने, ‘चालु आर्थिक वर्षबाटै भवन निर्माणको काम सुरु हुनेछ।’

पुरानो भवन भत्काएर नयाँ संरचना निर्माण गरिने उनले जानकारी दिए।

यस विषयमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको उपस्थितिमा शुक्रबार पोखरामा बैठक बसेको थियो। बैठकमा प्रधानन्यायाधीश शर्माले नयाँ भवनको निर्माण कार्य जतिसक्दो छिटो अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

बैठकमा पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार सुकदेव पौडेल र उपसचिव तथा स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेललगायत सहभागी थिए।

अस्थायी संरचनामा ८ इजलास

पोखरा महानगरपालिकाले अस्थायी संरचनामा आठवटा इजलास र आठवटा चेम्बरका लागि १६ वटा कोठा निर्माण गरिदिने भएको छ।

महानगरपालिकाका कानुनी सल्लाहकार पौडेलका अनुसार स्टिलको ट्रस्टबाट अस्थायी कोठा निर्माण गरिनेछ। नयाँ अदालत भवन निर्माण भएपछि उक्त ट्रस्ट स्वतः महानगरपालिकाको स्वामित्वमा जानेछ।

कार्की प्रतिवेदन कार्यान्वयनको माग

यसैबीच, पोखरा उच्च अदालत बार एसोसिएसनका पदाधिकारी तथा सदस्यहरूले प्रधानन्यायाधीश शर्मासँग न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २०७७ साउन ३० गते न्यायपालिकामा देखिएका विकृति, विसंगति, अनियमितता तथा भ्रष्टाचार नियन्त्रणका उपायबारे अध्ययन गर्न समिति गठन गरेका थिए।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजक र न्यायाधीश प्रकाशमानसिंह राउत सदस्य रहेको उक्त समितिले २०७८ साउन १४ गते प्रधानन्यायाधीश जबरालाई २३४ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा अदालतमा बिचौलियाको प्रवेश रोक्ने, न्यायिक सदाचार तथा सुशासन कायम गर्ने, न्यायपालिकाको स्वतन्त्रता, शक्ति पृथकीकरण, कानुनी शासन र सूचनाको हकलगायत विषय समेटिएका थिए।

न्यायाधीश नियुक्ति, सरुवा, काज तथा कारबाहीमा देखिएका समस्या, भ्रष्टाचार र बिचौलियाको भूमिका, न्यायमा हुने ढिलासुस्ती तथा अनियमितताबारे पनि प्रतिवेदनमा उल्लेख गरिएको थियो। सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन, फैसला कार्यान्वयन तथा वकिल र अदालतका कर्मचारीको व्यवस्थापनमा देखिएका समस्यासमेत प्रतिवेदनले औंल्याएको थियो।

योग्यता र क्षमताका आधारमा न्यायाधीश नियुक्ति गर्न माग

कानुन व्यवसायीहरूले सर्वोच्च अदालतसहित न्यायालयमा योग्यता, क्षमता र निष्ठाका आधारमा न्यायाधीश नियुक्त गर्न प्रधानन्यायाधीश शर्मासँग माग गरेका छन्।

मुलुकका अन्य क्षेत्रमा परिवर्तनको आभास देखिए पनि न्यायालयमा अपेक्षित सुधार हुन नसकेको उनीहरूको भनाइ थियो।

जवाफमा प्रधानन्यायाधीश शर्माले न्याय परिषद्को बैठक बसिरहेको र छिट्टै न्यायाधीश नियुक्ति हुने बताए। उनले न्यायालय सुधारका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त अदालतका भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

सर्वोच्च अदालतकी न्यायाधीश सारङ्गा सुवेदीले पनि बजेट छुट्याएर न्यायालयको भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको बताइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

China Outlines Plans for Next-Generation Networks, Addresses Business Payments

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

China Disputes US Claim of Wrongful Detention of Myanmar Analyst

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu