ललितपुर । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयअगाडि धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग सहमति भएपछि आ–आफ्नो घर फर्किएका छन्।
सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि उनीहरूले धर्ना कार्यक्रम स्थगित गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सहमतिपछि आइतबार बिहानदेखि धर्नामा रहेका ऋणीहरूलाई गन्तव्यतर्फ पठाउने व्यवस्था गरिएको थियो। बिहान ८:५० बजेदेखि सरकारले साझा यातायातका बसमार्फत उनीहरूलाई घर फर्काउने व्यवस्था मिलाएको जनाएको छ।
विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना लघुवित्त ऋणीलाई आठवटा बसमार्फत गन्तव्यतर्फ बिदाइ गरिएको थियो।
लघुवित्त ऋणीहरू आफ्ना विभिन्न माग राख्दै लामो समयदेखि आन्दोलनमा थिए। सरकारसँग १४ बुँदे सहमति भएपछि आन्दोलनको धर्ना कार्यक्रम स्थगित गर्दै उनीहरू घर फर्किएका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्