ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर ३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर


admin
४ बैशाख २०७५, मंगलबार   ४ : ०३   बजे

झापा, ४ वैशाख । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर शुरु भएको छ ।

वैशाख २ गतेदेखि शुरु भएको भर्ना अभियानअन्तर्गत विद्यालय बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहँुचमा ल्याउने सरकारको लक्ष्य छ । देशभर विद्यालय उमेर समूहका प्राथमिक तह (५–९ वर्ष उमेर समूह) का २.८ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको सरकारको तथ्यांक छ ।

विगतमा सरकारी औपचारिकतामा सीमित विद्यार्थी भर्ना कार्यक्रम नयाँ शैक्षिक सत्र २०७५ मा पहिलो पटक राजनीतिक अभियानका रुपमा मनाइँदैछ । विगतमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाले मात्र भर्ना कार्यक्रम मनाउँदै आएका थिए भने यस पटक प्रधानमन्त्रीदेखि उच्च राजनीतिक तहबाट अभियानमा सहभागिता भइरहेको छ ।

नयाँ वर्षको पहिलो दिन वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको रारामा आयोजित पर्यटन महोत्सवका अवसरमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण शुभारम्भ गर्नुभएको थियो । यससँगै यस वर्षको देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको हो ।

विसं २०६१ देखि शुरु भएको विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि यस वर्ष केन्द्र, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक रुपमा काम शुरु गरेका छन् । झापामा पनि अभियानस्वरुप विद्यार्थी भर्ना कार्यक्रम शुरु गरिएको छ । उपजिल्ला शिक्षा अधिकारी रामप्रसाद ढुंगेलका अनुसार जिल्लामा प्राथमिक तहका विद्यालय उमेर समूहका अझैं ३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् । उनीहरुलाई विद्यालयको पहुँचमा ल्याउन जिल्ला शिक्षा कार्यालयसहित झापाका आठ नगरपालिका र सात गाउँपालिकाले अहिले विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेका छन् ।

साविक टाघनडुब्बा– ८ स्थित नमूना प्राथमिक विद्यालय अहिले झापा गाउँपालिका– ३ मा पर्छ । हरेक दृष्टिकोणले पछि परेको सो ठाउँका सर्वसाधारण शैक्षिक दृष्टिकोणले समेत अझैं पछि छन् । झापा गाउँपालिका–३ मा पर्ने गैरीगाउँमा कोच आदिवासी समुदायसहित सीमान्तकृत, अल्पसंख्यक र लोपोन्मुख समुदायको बसोवास छ । यस ठाउँका अधिकांश बालबालिका अझै पनि विद्यालय बाहिर छन् ।

विद्यालय बाहिरका बालबालिकालाई शिक्षाको पहँुचमा ल्याउन झापा गाउँपालिकाले विद्यार्थी भर्ना अभियानलाई तीव्र बनाएको छ । सोही क्रममा गाउँपालिकाले नमूना प्राविका विद्यार्थी भर्ना कार्यक्रम सोमवारदेखि शुरु गरेको विद्यालयका प्रधानाध्यापक कमला विश्वकर्माले बताउनुभयो ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले अलका उराँव र गणेश उराँवका छोरा राजलाई नमूना प्राविमा भर्ना गर्दै अभियानको उद्घाटन गर्दै उनलाई विद्यालय पोशाक, पाठ्यसामग्रीसमेत प्रदान गर्नुभयो ।

सरकारले अभियानस्वरुप देशभर विद्यार्थी भर्ना कार्यक्रमलाई निरन्तरता दिए पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसकेको आरोप छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसक्नुमा समयनुकूल पाठ्यक्रम परिमार्जन नहुनु शिक्षकको ठम्याइ छ । सामुदायिक विद्यालयप्रति अभिभावकको चासो कम हुनु र विद्यालय र अभिभावकबीच समन्वयको कमीका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसकेको झापा गाउँपालिका– २ का वडाध्यक्ष नेत्र खड्काको बुझाइ छ ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि झापा गाउँपालिकाले अंग्रेजी माध्यमलाई निरन्तरता दिएको टाघनडुब्बा स्रोत केन्द्रका स्रोत व्यक्ति खड्गप्रसाद खरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group