काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल सोमबार नियमित स्वास्थ्य जाँच गराएर अस्पतालबाट निवास फर्किएका छन्। सभामुखको सचिवालयले जनाएअनुसार, उहाँ दिउँसो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षणका लागि जानुभएको थियो।
सभामुख अर्याल छाती दुखेको भन्दै सोमबार दिउँसो अस्पताल गएको बताइएको छ। ‘स्वास्थ्य परीक्षण सम्पन्न भएपछि उहाँ निवास फर्किनुभएको छ’, सभामुखको सचिवालयले सामाजिक सञ्जालमा जानकारी दिएको छ।
सभामुख अर्यालको स्वास्थ्य परीक्षण मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गरिएको थियो। उहाँ नियमित स्वास्थ्य जाँच गराउन अस्पताल जानुभएको सचिवालयले बताएको छ। सभामुखको स्वास्थ्य अवस्था सामान्य रहेको र विशेष केही समस्या नदेखिएको बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्