ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दसैंअघि नै बैंकका लगानीकर्ताले लाभांश पाउने सम्भावना बढ्यो


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ११ : ५५   बजे

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नाफा कमाएका बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताले यस वर्षको दसैंअघि नै लाभांश पाउने सम्भावना बढेको छ।

वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको वित्तीय विवरणको बाह्य लेखापरीक्षण सम्पन्न गर्दै लाभांश वितरणको प्रक्रिया अघि बढाएका छन्। नबिल, एभरेस्ट, सानिमा, माछापुच्छ्रे र कुमारी बैंकसँगै नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश घोषणाका लागि नेपाल राष्ट्र बैंकसँग पूर्वस्वीकृति मागेका छन्।

लाभांश वितरणको प्रक्रिया अघि बढाउने बैंकको संख्या बढेसँगै दसैंअघि नै लगानीकर्ताको हातमा लाभांश पुग्ने अपेक्षा गरिएको हो।

बैंकहरूले राष्ट्र बैंकबाट पूर्वस्वीकृति पाएपछि सञ्चालक समितिबाट लाभांश दर प्रस्ताव गर्नेछन्। त्यसपछि साधारणसभा आह्वान गर्नुअघि राष्ट्र बैंकबाट पुनः अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था छ। अन्तिम स्वीकृति प्राप्त भएपछि कम्तीमा २१ दिनको सूचना दिएर साधारणसभा बोलाउन सकिनेछ।

एभरेस्टको लाभांश क्षमता उच्च

सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार यसपटक लाभांश वितरण क्षमता एभरेस्ट बैंकको सबैभन्दा उच्च देखिएको छ। एभरेस्ट बैंकको लाभांश क्षमता ३८.३२ प्रतिशत रहेको छ।

त्यस्तै, सानिमा बैंकको २०.८५ प्रतिशत, नबिल बैंकको १९.१० प्रतिशत, माछापुच्छ्रे बैंकको ७.५१ प्रतिशत र कुमारी बैंकको ३.०२ प्रतिशत लाभांश क्षमता देखिएको छ।

तर वित्तीय विवरणमा देखिएको लाभांश क्षमता नै वास्तविक लाभांश दर भने होइन। कति प्रतिशत बोनस सेयर वा नगद लाभांश वितरण गर्ने भन्ने निर्णय सम्बन्धित बैंकको सञ्चालक समितिले गर्नेछ भने त्यसलाई राष्ट्र बैंकले स्वीकृति दिनुपर्नेछ।

नगद लाभांशमा जोडको सम्भावना

यसपटक बैंकहरूले बोनस सेयरभन्दा नगद लाभांशलाई प्राथमिकता दिन सक्ने अनुमान गरिएको छ। बैंकहरूको चुक्ता पुँजी पहिले नै उच्च रहेकाले पुँजी वृद्धिका लागि बोनस सेयर वितरण गर्ने दबाब कम भएको र उपलब्ध नाफाबाट नगद लाभांश दिनेतर्फ बैंकहरू केन्द्रित हुन सक्ने देखिएको हो।

यद्यपि, कुन बैंकले कस्तो दरमा बोनस वा नगद लाभांश दिने भन्ने अन्तिम निर्णय सम्बन्धित सञ्चालक समितिले गर्नेछ।

राष्ट्र बैंकको स्वीकृतिमा निर्भर

राष्ट्र बैंकले पूर्वस्वीकृति र अन्तिम स्वीकृतिको प्रक्रिया समयमै पूरा गरिदिए दसैंअघि नै केही बैंकले साधारणसभा सम्पन्न गरी लाभांश वितरण गर्न सक्नेछन्।

विकास बैंकतर्फ सांग्रिला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंकले यसअघि नै लाभांशका लागि पूर्वस्वीकृति पाइसकेका छन्।

त्यसैले वाणिज्य बैंकका लगानीकर्तामाझ पनि दसैंअघि लाभांश आउने अपेक्षा बढेको छ। अब राष्ट्र बैंकको स्वीकृति, सञ्चालक समितिको निर्णय र साधारणसभा सम्पन्न हुने समयले कुन–कुन बैंकका लगानीकर्ताले दसैंअघि लाभांश पाउने भन्ने टुंगो लगाउनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी शहीदका माग सम्बोधन गर्न सरकारको ‘डेडिकेटेड टिम’

महाधिवेशन रोक्नुभन्दा विश्वसनीय बनाउनुपर्छ: प्रवक्ता चालिसे

सम्बन्धित

देउवा : अभिभावक कि फेरि गुटको कमाण्डर?

लगातार वर्षाले विर्दी–सेरा–पौवाटार सडक हिलाम्मे, यात्रु र चालकलाई सास्ती

विश्वासको मतका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक फेरि सर्‍यो, आज ४ बजे बस्ने

सुन प्रतितोला ५०० रुपैयाँ घट्यो, चाँदीमा पनि ६५ रुपैयाँको गिरावट

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

मधेसमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द, ५ हजार ६८ नयाँ दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu