ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी


ABC NEWS
९ भदौ २०८३, मंगलबार   १० : ३५   बजे

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गरी नियमनकारी निकायबाट सचेत गराइएका वा नसियत पाएका व्यक्तिलाई समेत बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न सक्ने व्यवस्था गर्न कानुनी प्रक्रिया अघि बढाएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाफियाको दफा १८ को उपदफा (१) को खण्ड ‘ड’ मा रहेको विद्यमान व्यवस्था परिमार्जन गर्न लागिएको जानकारी दिएका हुन्।

अर्थ समितिको सोमबार बसेको बैठकमा बोल्दै मन्त्री वाग्लेले हाल कानुनविपरीत कार्य गरेको भन्दै नियमनकारी निकायबाट कारबाहीमा परेका वा कारबाही भएको पाँच वर्ष अवधि पूरा नभएका व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था रहेको बताए।

प्रस्तावित संशोधनमार्फत उक्त व्यवस्थालाई परिमार्जन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

बैंकिङ क्षेत्रको व्यावहारिक समस्या सम्बोधन गर्न सुझाव

बैठकमा सांसद लिमा अधिकारीले बाफिया संशोधनमार्फत बैंकिङ क्षेत्रमा देखिएका व्यावहारिक समस्यालाई सम्बोधन गर्नुपर्ने बताइन्।

बैंक तथा वित्तीय क्षेत्रमा देखिएका जटिलताले समग्र क्षेत्रमै नकारात्मक प्रभाव पारिरहेको भन्दै उनले ऐन संशोधन गर्दा यस्ता विषयलाई गम्भीर रूपमा समेट्नुपर्नेमा जोड दिइन्।

सांसद अधिकारीले सामान्य प्रकृतिका समस्यालाई सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को योग्यतासँग जोड्नु उपयुक्त नहुने बताइन्। यस्तो व्यवस्थाले बैंकिङ संस्थामा नेतृत्व अभाव सिर्जना गर्न सक्ने उनको भनाइ थियो।

सरोकारवालासँग छलफल जारी

बाफिया संशोधनसँग सम्बन्धित विषयमा बैंकिङ क्षेत्रका सरोकारवाला निकायसँग निरन्तर छलफल भइरहेको सांसद अधिकारीले बताइन्।

उनले ऐन संशोधनलाई तत्कालीन समस्या समाधानमा मात्र सीमित नगरी बैंकिङ क्षेत्रका दीर्घकालीन समस्या समाधान हुने गरी अघि बढाउन सरकारसँग आग्रह गरिन्।

सरकारले बाफियाको दफा १८ को उपदफा (१) को खण्ड ‘ड’ परिमार्जन गरेमा नियमनकारी कारबाहीमा परेका व्यक्तिले निश्चित अवस्थापछि बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न पाउने बाटो खुल्नेछ। संशोधनसम्बन्धी थप कानुनी प्रक्रिया भने अघि बढिरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राप्रपाभित्र फेरि हलचल : तीन सांसदलाई पदमुक्त गर्ने निर्णयलाई कमल थापाले भने– ‘फेक हो कि भन्ने लाग्छ’

प्रतिनिधिसभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने

सम्बन्धित

सुन प्रतितोला ५०० रुपैयाँ घट्यो, चाँदीमा पनि ६५ रुपैयाँको गिरावट

मधेसमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द, ५ हजार ६८ नयाँ दर्ता

स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्दै, भदौ २१ देखि एकीकृत कारोबार

चाडपर्व नजिकिएसँगै आयातका लागि एलसी खुल्न थाल्यो, बैंकिङ प्रणालीको तरलता चलायमान हुने अपेक्षा

साउन १ गते नै मौद्रिक नीति जारी गर्न अर्थसमितिको प्रस्ताव

आर्थिक मन्दीको असर : मधेशमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu