ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक मन्दीको असर : मधेशमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द


ABC NEWS
९ भदौ २०८३, मंगलबार   १० : १५   बजे

जनकपुरधाम । आर्थिक मन्दीलगायतका कारणले मधेश प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा १ हजार ९३८ उद्योग व्यवसाय बन्द भएका छन्।

मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार उक्त अवधिमा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फ १ हजार ११७ गरी १ हजार ९३८ उद्योग व्यवसायको लगत कट्टा गरिएको हो।

यद्यपि, सोही अवधिमा प्रदेशमा ५ हजार ६८ वटा नयाँ उद्योग दर्ता भएका छन्। मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार पर्सामा १ हजार १०१, धनुषामा ७७७, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४, सप्तरीमा ३१४ र बारामा २३९ नयाँ उद्योग दर्ता भएका छन्।

गएको आवमा ७ हजार ५४० उद्योग नवीकरण गरिएको मन्त्रालयले जनाएको छ।

वाणिज्यतर्फ ६ हजारभन्दा बढी नयाँ फर्म

वाणिज्यतर्फ आर्थिक वर्ष २०८२/८३ मा ६ हजार १२२ वटा प्राइभेट फर्म र १८ वटा साझेदारी फर्म नयाँ दर्ता भएका छन्।

सोही अवधिमा ११ हजार १४४ वाणिज्य फर्म नवीकरण भएका छन्।

५ करोडभन्दा बढी राजस्व

नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता, नवीकरणलगायत विभिन्न शीर्षकबाट प्रदेश सरकारले ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व संकलन गरेको सूचना अधिकारी महतोले बताए।

किन बन्द भए उद्योग ?

मन्त्रालयका अनुसार विश्वव्यापी आर्थिक तरलताको कमी, बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी कमजोर हुनु र पुँजीको अभाव उद्योग व्यवसाय बन्द हुनुका प्रमुख कारण हुन्।

त्यसैगरी स्थानीय तहमा उद्योग दर्ता गर्ने क्रम बढ्दै गएपछि प्रदेश सरकारको मातहतमा रहेका कतिपय उद्योगको लगत कट्टा हुने संख्या बढेको मन्त्रालयको भनाइ छ।

नयाँ उद्योग दर्ता उल्लेख्य भए पनि बन्द हुने उद्योगको संख्या पनि उच्च रहेकाले मधेश प्रदेशमा उद्योग व्यवसाय सञ्चालनका लागि लगानी वातावरण र वित्तीय पहुँच चुनौतीका रूपमा देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राप्रपाभित्र फेरि हलचल : तीन सांसदलाई पदमुक्त गर्ने निर्णयलाई कमल थापाले भने– ‘फेक हो कि भन्ने लाग्छ’

प्रतिनिधिसभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने

सम्बन्धित

सुन प्रतितोला ५०० रुपैयाँ घट्यो, चाँदीमा पनि ६५ रुपैयाँको गिरावट

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

मधेसमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द, ५ हजार ६८ नयाँ दर्ता

स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्दै, भदौ २१ देखि एकीकृत कारोबार

चाडपर्व नजिकिएसँगै आयातका लागि एलसी खुल्न थाल्यो, बैंकिङ प्रणालीको तरलता चलायमान हुने अपेक्षा

साउन १ गते नै मौद्रिक नीति जारी गर्न अर्थसमितिको प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu