ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपाभित्र फेरि हलचल : तीन सांसदलाई पदमुक्त गर्ने निर्णयलाई कमल थापाले भने– ‘फेक हो कि भन्ने लाग्छ’


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ११ : ३५   बजे

काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी भएका तीन जना प्रदेश सांसदलाई पदमुक्त गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णयमाथि पार्टीकै पूर्वअध्यक्ष कमल थापाले गम्भीर प्रश्न उठाएका छन्। थापाको सार्वजनिक प्रतिक्रियासँगै राप्रपाभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको संकेत देखिएको छ।

पार्टीको निर्देशन र ह्विपविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको आरोपमा प्रदेश सांसद राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई पदमुक्त गर्न अध्यक्ष लिङ्देनले प्रदेश सभामुखसमक्ष पत्र पठाएका थिए। तर, उक्त निर्णय कुन प्रक्रियाबाट र कहिले भएको हो भन्ने विषयमा पूर्वअध्यक्ष थापाले नै प्रश्न उठाएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै थापाले भदौ ४ गतेयता राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक नबसेको दाबी गरेका छन्। यस्तो अवस्थामा तीन सांसदलाई पदमुक्त गर्ने निर्णय कसरी भयो भन्नेमा आफू आश्चर्यचकित भएको उनले बताएका छन्।

थापाले लेखेका छन्, ‘गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन। यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु।’

निर्णयसम्बन्धी पत्रमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको मिति स्पष्ट रूपमा उल्लेख नगरिएको भन्दै उनले पत्रको आधिकारिकतामाथिसमेत प्रश्न उठाएका छन्।

‘यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा ‘फेक’ हो कि भन्ने पनि लाग्छ। यो सत्य नहोस्,’ थापाले भनेका छन्।

सरकारमा जाने निर्णयले चर्कायो विवाद

बागमती प्रदेश सरकारमा सहभागी हुने विषयमा राप्रपा प्रदेश संसदीय दलले गरेको निर्णयसँगै पार्टीभित्र मतभेद देखिएको थियो। केन्द्रले सरकारमा सहभागी नहुन निर्देशन दिए पनि प्रदेशका तीन सांसद सरकारमा सामेल भएपछि अध्यक्ष लिङ्देनले उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाएका हुन्।

तर, कारबाहीको निर्णयमाथि पार्टीकै प्रभावशाली पूर्वअध्यक्षले प्रश्न उठाएपछि विवाद अब केवल प्रदेश सरकारमा सहभागिताको विषयमा सीमित नरहने संकेत देखिएको छ।

कमल थापाले यसअघि पनि बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि गरिएको पार्टी कारबाहीप्रति असहमति जनाएका थिए। पछिल्लो अभिव्यक्तिले अध्यक्ष लिङ्देनको नेतृत्व, पार्टीभित्र निर्णय हुने प्रक्रिया र अनुशासनसम्बन्धी कारबाहीलाई लिएर राप्रपाभित्र गहिरो मतभेद रहेको देखाएको छ।

अब तीन सांसदलाई पदमुक्त गर्ने निर्णय प्रक्रियागत रूपमा वैध छ कि छैन भन्ने प्रश्नसँगै राप्रपाभित्रको शक्ति संघर्ष र नेतृत्वबीचको अविश्वास थप सार्वजनिक बहसको विषय बन्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युवाको भावना नबुझी राजनीतिक पुनर्जागरण सम्भव छैन : महासचिव पोखरेल

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Australian Music Charts Ban Fully AI-Generated Songs

Libyan Factions Reach Preliminary Election Pact Despite Deep Divisions

युवाको भावना नबुझी राजनीतिक पुनर्जागरण सम्भव छैन : महासचिव पोखरेल

Colonial Violence Explained: New Model Links Neuroscience, Greed, and Systemic Oppression

US-China Tech Rivalry Intensifies as Nations Vie for Control of Critical Resources

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu