ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ९ : ३५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पछिल्लो समय पार्टी संगठन र संसदीय गतिविधिमा थप सक्रिय देखिएका छन्। प्रधानमन्त्री एवं रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) पार्टीका संसदीय दलका बैठकमा नियमित सहभागी हुन छाडेपछि लामिछानेले सांसद तथा मन्त्रीहरूसँग समन्वय र राजनीतिक गतिविधिमा सक्रियता बढाएका हुन्। पछिल्लो संसदीय दलको बैठकमा पनि प्रधानमन्त्री शाह अनुपस्थित थिए।

गत भदौ ३ गते लामिछानेले रास्वपाका सांसद तथा मन्त्रीहरूसँग संयुक्त छलफल गर्दै संसद्मा मर्यादित र प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका थिए। उनले पार्टीलाई विगतको हिसाबकिताबमा अल्झाउनुभन्दा आगामी ३५ वर्षका लागि योजना बनाएर अघि बढ्न र गाउँ, टोल तथा बस्तीमा पुगेर संगठन विस्तार गर्न आग्रह गरेका थिए।

मधेसमा संगठन सुदृढ गर्ने तयारी

पार्टी सभापति लामिछानेले भदौ १० गतेपछि मधेस प्रदेशका जिल्लाको भ्रमण गर्ने तयारी गरेका छन्। रास्वपाले मधेस प्रदेशको अधिवेशन पूरा नगरी केन्द्रीय महाधिवेशन सम्पन्न गरेको र पर्साबाहेक अन्य जिल्लामा अधिवेशन हुन नसकेको अवस्थामा संगठन निर्माणलाई गति दिन उनी आफैँ मधेस जान लागेका हुन्।

लामिछानेले मधेसका सांसदसँग यस विषयमा यसअघि नै छलफल गरिसकेको र अधिवेशनको वातावरण बनाउन आफू जिल्ला–जिल्लामा जाने जानकारी गराएका छन्। पार्टीका नेताहरूका अनुसार भ्रमणका क्रममा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा पार्टी प्रवेश कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी छ।

मधेसमा घट्दो प्रभावप्रति चिन्ता

२०८२ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले मधेस प्रदेशमा उल्लेख्य सफलता हासिल गरे पनि पछिल्लो समय पार्टीप्रतिको जनधारणाबारे संगठनभित्रै चिन्ता बढेको नेताहरू बताउँछन्।

मधेसबाट निर्वाचित केही सांसदले सरकारको कार्यशैली र पार्टीको संगठनात्मक अवस्थाबारे नेतृत्वसमक्ष प्रश्न उठाउँदै आएका छन्। यसै पृष्ठभूमिमा लामिछानेले मधेस भ्रमणलाई संगठन सुदृढीकरणसँग जोडेको बताइएको छ।

मधेसमा पार्टीको सांगठनिक संरचना अझै पूर्ण रूपमा व्यवस्थित हुन नसकेको विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्। भ्रमणका क्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकसँग प्रत्यक्ष संवाद गरी समस्या पहिचान गर्ने तयारी रहेको बताइएको छ।

प्रधानमन्त्री बालेन र रविबीच फरक भूमिका

रास्वपाको संरचनामा सभापति लामिछाने र प्रधानमन्त्री शाहको भूमिका अलग भए पनि पछिल्लो समय पार्टीका आन्तरिक बैठकमा शाहको अनुपस्थिति देखिँदै आएको छ। प्रधानमन्त्री बनेपछि पार्टीका नियमित बैठक तथा प्रशिक्षणका कार्यक्रममा पनि उनी धेरैपटक सहभागी नभएको सार्वजनिक विवरणहरूमा उल्लेख छ।

यसको विपरीत लामिछानेले संसद्, संगठन र पार्टीका आन्तरिक गतिविधिमा सक्रियता बढाएका छन्। उनले सरकारका कामकारबाहीबारे पार्टीका सांसद र नेताहरूले जनतासमक्ष जवाफ दिन सक्ने गरी तयारी गर्नुपर्नेमा समेत जोड दिँदै आएका छन्।

रास्वपाभित्र सरकार सञ्चालन र पार्टी संगठनबीच प्रभावकारी समन्वय कसरी गर्ने भन्ने बहस भइरहेका बेला लामिछानेको सक्रियताले पार्टी राजनीतिमा उनको भूमिकालाई थप केन्द्रमा ल्याएको छ। मधेस भ्रमण र संगठन विस्तारको अभियानले पार्टीभित्र देखिएका असन्तुष्टि तथा सांगठनिक कमजोरी कति सम्बोधन गर्छ भन्ने भने आगामी गतिविधिले देखाउनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

EU Shelves Plan to Seize Russian Assets for Ukraine

Ex-Zelensky Aide Irina Mudraya Granted Bail Amid Money Laundering Investigation

Nevada Wildfire Contained To 27 Percent Amidst Ongoing Evacuations

Democratic Party’s Stance On Israel Remains Firm Despite Progressive Gains

China Issues Orange Alert as Two Typhoons Approach Coast

China Reports Sustained Progress in Poverty Alleviation Efforts

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu