काठमाडौं । संयुक्त राज्य अमेरिकाको काठमाडौंस्थित दूतावासले रसुवामा आएको बाढीपछि तल्लोतटीय क्षेत्रका ६ जिल्लामा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
दूतावासले सूचना जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा रहेका अमेरिकी नागरिकलाई नदी किनारबाट टाढा रहन, अग्लो सुरक्षित स्थानमा जान र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको हो।
दूतावासले बाढी प्रभावित क्षेत्रमा यात्रा नगर्न समेत आफ्ना नागरिकलाई अनुरोध गरेको छ। नेपाल सरकारले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिङ–नारायणगढ सडकखण्डमा आवतजावत रोक्न गरेको निर्णयबारे पनि दूतावासले स्मरण गराएको छ।
त्यस्तै, प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई आफू सुरक्षित रहेको जानकारी परिवार, होटल, गाइड, ट्रेकिङ वा टुर कम्पनीलाई तत्काल गराउन दूतावासले आग्रह गरेको छ। टेलिफोन सम्पर्क सम्भव नभए इमेल वा मेसेजमार्फत जानकारी गराउन भनिएको छ।
अमेरिकी नागरिकसँग सम्पर्कको प्रयास
दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकसँग
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्