काठमाडौँ । रसुवामा आएको बाढीपछि नेपाली सेनाले बिहीबार १०५ जनाको उद्धार गरेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहीबार बिहानदेखि हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा उद्धार अभियान सञ्चालन गरिएको हो।
उद्धार गरिएका १०५ जनामध्ये १५ जना विदेशी नागरिक रहेका छन्। सेनाका अनुसार टिमुरेबाट ९८ जना र मैलुङस्थित टनेलबाट ७ जनालाई सकुशल उद्धार गरिएको हो।
रसुवामा बाढी आएपछि नेपाली सेनाले बुधबारदेखि नै प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गर्दै आएको छ। बिहीबार हेलिकप्टरको प्रयोग गरी जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सारिएको हो।
सेनाले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्