ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिमुरेबाट ११६ जनाको उद्धार, प्रभावित क्षेत्रमा राहत सामग्री र सञ्चार सेवा विस्तार गर्दै सरकार


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ११ : ३५   बजे

रसुवा । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछिको विपत्तिको सामना सरकार, नागरिक, अन्तर्राष्ट्रिय समुदाय तथा विश्वभर रहेका नेपालीको सहयोग र सहकार्यमा मिलेर गरिरहेको बताएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले बिहानैदेखि उद्धार अभियानलाई तीव्र बनाइएको बताएका छन्। उनका अनुसार नेपाली सेनाले सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसैक्रममा एउटा टनेलमा फसेका सात जना नेपाली नागरिकलाई समेत सुरक्षित रूपमा उद्धार गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

प्रधानमन्त्रीका अनुसार बिहीबार बिहान ६ः३० बजेदेखि उद्धारका लागि हवाई उडान सुरु गरिएको छ। अहिलेसम्म १५ भन्दा बढी उडान सम्पन्न भइसकेका छन् भने थप हेलिकोप्टर उद्धारका लागि तयारी अवस्थामा राखिएको उनले बताएका छन्।

राहत सामग्रीसहित प्रभावित क्षेत्रमा राज्य संयन्त्र परिचालित

प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री द्रुत रूपमा पुर्‍याउने काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुङ्गा काट्ने मेसिन लगायतका आवश्यक सामग्री प्रभावित क्षेत्रमा पठाइँदैछ।

‘अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ,’ प्रधानमन्त्रीले भनेका छन्।

अस्थायी सञ्चार सेवा र शिविरको तयारी

बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क पुनःस्थापित गर्न अस्थायी मोबाइल नेटवर्क र मोबाइल चार्जिङको व्यवस्था गरिने प्रधानमन्त्री शाहले बताएका छन्। यसबाट प्रभावित नागरिक र उद्धार टोलीबीच सम्पर्क स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, नुवाकोटमा अस्थायी शिविर तयार गरिएको र त्यहाँ प्रभावित नागरिकका लागि खाना तथा पानीको व्यवस्था मिलाइएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

प्रभावित क्षेत्रको अवस्थाबारे विस्तृत जानकारी लिन ड्रोनमार्फत सर्वेक्षण पनि भइरहेको छ। प्रधानमन्त्रीका अनुसार ड्रोन सर्वेबाट विभिन्न स्थानको विवरण सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको छ, जसले उद्धार तथा राहत कार्यलाई थप चुस्त बनाउन सहयोग गर्नेछ।

सिकिस्त बिरामी, वृद्ध, महिला र बालबालिकालाई प्राथमिकता

हेलिकोप्टरमार्फत गरिने उद्धारमा सिकिस्त घाइते, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने प्रधानमन्त्री शाहले बताएका छन्।

उनले प्रभावित नागरिकलाई धैर्य र संयम अपनाउन आग्रह गर्दै उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित रहेको बताएका छन्।

‘सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपद्को सामना गर्न अनुरोध गर्दछौँ। यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्,’ प्रधानमन्त्रीले भनेका छन्।

प्रधानमन्त्री शाहले देश अहिले गम्भीर विपत्तिको घडीबाट गुज्रिरहेको उल्लेख गर्दै सबै पक्ष एकजुट भएर संकटको सामना गर्नुपर्नेमा जोड दिएका छन्।

‘आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ,’ उनले भनेका छन्, ‘यस क्रममा हातेमालो गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद।’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै परीक्षा स्थगित

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

Flash Flooding Causes Widespread Damage in Nepal’s Devighat

Nepal Intensifies Rescue Efforts After Deadly Bhotekoshi River Flash Flood

Nine Mahottari Residents Missing After Rasuwa Flash Flood

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu