ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवाको भोटेकोशी बाढीको गति ‘महारौद्र’, तीन घण्टामै चार जिल्लासम्म फैलियो


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ११ : ३५   बजे

काठमाडौं । रसुवास्थित भोटेकोशी क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीको गति हालसम्मकै अत्यन्त तीव्र रहेको प्रारम्भिक विवरणले देखाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बाढीले रसुवाको टिमुरे बजारबाट सुरु गर्दै केही घण्टामै नुवाकोट, धादिङ हुँदै चितवनसम्मका नदी तटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएको थियो।

बुधबार बिहान करिब ८ः४० बजे टिमुरे बजारमा पुगेको बाढी अत्यन्तै तीव्र गतिमा तलतिर सरेको थियो। प्रारम्भिक विवरणअनुसार बाढीले रसुवागढीबाट करिब १३ किलोमिटर दूरीमा रहेको स्याफ्रुबेँसीसम्म पुग्न जम्मा १५ मिनेट लगाएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताएका छन्।

उनका अनुसार बाढीको यस्तो गति अत्यन्तै असाधारण र विनाशकारी प्रकृतिको देखिएको छ।

प्रतिघण्टा ५४ किलोमिटरसम्मको वेग

प्रारम्भिक मापनअनुसार टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा बाढीको गति करिब १५ मिटर प्रतिसेकेन्ड, अर्थात् प्रतिघण्टा करिब ५४ देखि ५५ किलोमिटर पुगेको बताइएको छ।

विज्ञहरूका अनुसार नदीमा बाढीको गति ५ मिटर प्रतिसेकेन्डभन्दा माथि पुग्नु नै अत्यन्त खतरनाक मानिन्छ। तर भोटेकोशी क्षेत्रमा देखिएको प्रारम्भिक वेग त्योभन्दा निकै बढी रहेको विवरणमा उल्लेख छ।

तिब्बततर्फबाट ल्हेन्दे खोला र कुरुङ क्षेत्र हुँदै भोटेकोशीमा आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी तथा आसपासका नदी किनारका बस्तीमा ठूलो विनाश गरेको थियो।

बेत्रावती पुग्दा पनि उच्च वेग

स्याफ्रुबेँसीबाट करिब ३१ किलोमिटर तल रहेको बेत्रावती पुग्न बाढीले करिब ४० मिनेट लगाएको बताइएको छ। त्यस क्षेत्रमा बाढीको गति करिब १२.९२ मिटर प्रतिसेकेन्ड, अर्थात् प्रतिघण्टा करिब ४६.५ किलोमिटर रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

बेत्रावती क्षेत्रमा पुग्दा बाढीले बजार तथा नदी किनारका बस्तीमा व्यापक क्षति पुर्‍याएको थियो।

धादिङतर्फ जाँदा वेग घट्यो

बेत्रावतीबाट करिब ४७ किलोमिटर तल धादिङको फुर्केखोला पुग्दा बाढीको वेग घटेर करिब ५.६० मिटर प्रतिसेकेन्ड पुगेको बताइएको छ।

त्यसपछि कालीखोलातर्फ पुग्दा बाढीको गति थप घटेर करिब ४.१७ मिटर प्रतिसेकेन्ड पुगेको प्रारम्भिक विवरण छ। तर कालीखोलाबाट चितवनको देवघाटसम्म पुग्दा पुनः वेग बढेर करिब ५ मिटर प्रतिसेकेन्ड, अर्थात् प्रतिघण्टा करिब १८ किलोमिटर पुगेको उल्लेख गरिएको छ।

प्रारम्भिक तथ्याङ्कअनुसार बिहान ८ः४० बजे टिमुरे बजारमा पुगेको बाढीले करिब तीन घण्टाभित्र चार जिल्लाका नदी तटीय क्षेत्रमा प्रभाव पारेको थियो।

पुल, सडक र बस्तीमा व्यापक क्षति

बाढीले रसुवागढी–टिमुरे क्षेत्रका भन्सार, अध्यागमन, प्रहरी चौकी, सडक तथा जलविद्युत् आयोजनासँग सम्बन्धित संरचनामा ठूलो क्षति पुर्‍याएको बताइएको छ।

स्याफ्रुबेँसी बजारका साथै विभिन्न सडकखण्ड बगाएको बाढीले बेत्रावती, मैलुङ, सल्लेटार, शान्तिबजार, पैरेबेँसी, खाल्टीबस्ती, सोले, त्रिशूली, बट्टारलगायत नदी किनारका बस्तीमा पनि क्षति पुर्‍याएको छ।

नुवाकोट हुँदै त्रिशूली नदीतर्फ बढेको बाढीले तुप्चे, ढुंगे, त्रिशूली बजार र देवीघाट क्षेत्रमा असर पुर्‍याएको बताइएको छ। धादिङतर्फ फुर्केखोला र घाटबेँसी आसपासका पुल तथा संरचनामा समेत क्षति पुगेको विवरण छ।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी कायस्थका अनुसार प्रारम्भिक रूपमा उपलब्ध विवरणले रसुवागढी क्षेत्रमा बाढीको सतह करिब १५ मिटरसम्म पुगेको र देवघाट पुग्दा करिब ५ मिटर रहेको देखाएको छ।

उनले यस्तो तीव्र गतिमा आएको बाढी विगतका अभिलेखमा विरलै देखिएको हुन सक्ने बताएका छन्। यद्यपि, बाढीको वास्तविक गति, कारण र सम्पूर्ण क्षतिको विस्तृत वैज्ञानिक मूल्याङ्कन भने थप अध्ययनपछि मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै परीक्षा स्थगित

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

Flash Flooding Causes Widespread Damage in Nepal’s Devighat

Nepal Intensifies Rescue Efforts After Deadly Bhotekoshi River Flash Flood

Nine Mahottari Residents Missing After Rasuwa Flash Flood

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu