ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धादिङको जरिखेतमा एकतर्फी यातायात सञ्चालन, बेलुकासम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा खुल्ने अपेक्षा


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ९ : ४५   बजे

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी–बैरेनी सडकखण्डमा बिहीबार बेलुकादेखि एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ।

सडक विभागका अनुसार राजमार्गको जरिखेत क्षेत्रमा बाढीले पुल बगाउनुका साथै सडकमा ठूलो मात्रामा माटो, ढुंगा र गेग्रान थुपारेपछि यातायात अवरुद्ध भएको थियो। अहिले उक्त क्षेत्रमा थुप्रिएको माटो तथा गेग्रान हटाएर एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा ल्याइएको हो।

जरिखेत क्षेत्रमा यातायात सञ्चालनमा आएपछि अब मलेखुतर्फका पोखरी, बाँगे र गलौंदी क्षेत्रमा जम्मा भएको लेदो तथा गेग्रान हटाउने काम सुरु गरिएको विभागले जनाएको छ।

विभागका अनुसार ती तीन क्षेत्रमा करिब ७ सय मिटर सडकमा थुप्रिएको लेदो हटाउन बाँकी रहेको छ। पोखरी, बाँगे र गलौंदी क्षेत्रमा सडक सफा गर्ने काम शुक्रबार बेलुकासम्म पूरा हुने अनुमान गरिएको छ।

उक्त कार्य सम्पन्न भएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने सडक विभागले जनाएको छ।

गत भदौ १० गते आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुगेको थियो। विशेषगरी जरिखेत क्षेत्रमा बाढीले पुल बगाउनुका साथै सडकमा माटो, ढुंगा र गेग्रान थुपार्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

राजमार्ग अवरुद्ध भएपछि सडक विभागले तत्कालै सडक सफाइ तथा अवरोध हटाउने काम सुरु गरेको थियो। अहिले पनि प्रभावित क्षेत्रमा डोजर तथा अन्य उपकरण परिचालन गरी सडक सञ्चालनलाई पूर्णता दिने काम भइरहेको विभागले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालमा बाढीपछि भारतमा गण्डक नदीबाट ७ शव बरामद, पहिचान हुन सकेन

त्रिशूली–३ ‘ए’को सुरुङमा ३५ जना फसे, उद्धार प्रयास जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालमा बाढीपछि भारतमा गण्डक नदीबाट ७ शव बरामद, पहिचान हुन सकेन

‘आचार्य’को विदेशमा बढ्दो माग, उच्च मूल्यमा ओभरसिज राइट्स बिक्री

त्रिशूली–३ ‘ए’को सुरुङमा ३५ जना फसे, उद्धार प्रयास जारी

बाढी–पहिरोका कारण देशभरका विभिन्न राजमार्ग अझै अवरुद्ध

उद्धार र राहत पूरा नभएसम्म राज्यका सबै संयन्त्र परिचालन हुन्छन् : प्रधानमन्त्री शाह

DR Congo Launches Ebola Vaccination Drive Amid Ongoing Outbreak

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu