ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पाका २५ जना अझै सम्पर्कविहीन, नुवाकोट पुगेर वर्षमानले गृहमन्त्रीको ध्यानाकर्षण गराए


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ५ : ०५   बजे

काठमाडौं । नेकपाका नेता वर्षमान पुनले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

पुनसहित नेकपाका प्रमुख सचेतक युवराज दुलाललगायतको टोलीले बाढी प्रभावित क्षेत्रको अवस्था, क्षति तथा उद्धार र राहत कार्यबारे जानकारी लिएको हो।

निरीक्षणका क्रममा गृहमन्त्री सुधन गुरुङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित निकायका अधिकारीहरूसँग उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल भएको पुनले जानकारी दिए।

पुनले विपद्को कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र तत्काल राहतलाई पहिलो प्राथमिकतामा राख्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

त्यस क्रममा उनले रसुवागढी क्षेत्रमा सम्पर्कविहीन रहेका रोल्पाका २५ जनासहित सबै बेपत्ता नागरिकको तीव्र खोजी तथा उद्धार गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

‘विपद्को पीडामा रहेका परिवारलाई आशा र भरोसा दिलाउनु राज्यको दायित्व हो,’ पुनले भने, ‘हराइरहेका आफन्तहरूको सकुशल उद्धारका लागि खोजी तथा उद्धार कार्यलाई अझ तीव्र बनाउन निरन्तर पहल र समन्वय गर्नेछु।’

उनले प्रभावित नागरिकको सुरक्षित पुनःस्थापना तथा राहत वितरणलाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र परिचालन गर्नुपर्नेमा समेत जोड दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी र त्रिशूलीमा पानीको बहाव सामान्य, जोखिम भने कायमै

अपर त्रिशूली–३ ‘बी’ आयोजनाको क्याम्प लेदोले पुरियो, उद्धार कार्य चुनौतीपूर्ण

सम्बन्धित

रसुवा–भोटेकोसी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

रसुवा बाढी : बर्दियाका ९० जना सम्पर्कविहीन, अधिकांश जलविद्युत् तथा निर्माण क्षेत्रमा कार्यरत

भोटेकोसी बाढीपछि लुम्बिनी प्रदेशका ९७ जना सम्पर्कविहीन

लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

लुम्बिनीका तीन सांसदलाई जसपा नेपालको पुनः २४ घण्टे स्पष्टीकरण

मन्त्रिपरिषद् पुनर्गठन गर्दै लुम्बिनीका मुख्यमन्त्री आचार्यले थपे तीन मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu