ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा भेटिएका २२९ शव जमिनमुनि गाडिने, डिएनए नमुना सुरक्षित राखिने


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ३ : ५५   बजे

चितवन । रसुवा बाढीमा परी चितवन जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएका २ सय ३३ शवमध्ये पहिचान हुन नसकेका २ सय २९ शव जमिनमुनि गाडेर व्यवस्थापन गरिने भएको छ ।

पहिचान भएका चार शवबाहेक बाँकी शव सडेको अवस्थामा पुगेका र महामारी फैलिने जोखिम बढेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शव व्यवस्थापन गर्न लागिएको हो ।

होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटीय क्षेत्रबाट सङ्कलन गरिएका शव तथा शवका अवशेष कुहिन थालेको र दुर्गन्धका कारण सङ्क्रमण तथा महामारी फैलिन सक्ने भन्दै स्वास्थ्य क्षेत्रका विज्ञले चेतावनी दिएका थिए ।

सोही राय र विश्लेषणका आधारमा शवलाई थप सड्न–गल्न नदिन तथा सुरक्षित र कानुनी रूपमा व्यवस्थापन गर्न जमिनमुनि गाड्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको बैठकले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

भविष्यमा शवको पहिचान गर्न सहज होस् भनेर प्रत्येक शवको डिएनए नमुना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा विस्तृत अभिलेख सुरक्षित राखिने प्रशासनले जनाएको छ ।

शवको अन्तिम संस्कार भरतपुर महानगरपालिका–१ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि गाडेर गरिने प्रजिअ अर्यालले जानकारी दिए ।

बाध्यात्मक परिस्थितिका कारण शवलाई जमिनमुनि व्यवस्थापन गर्नुपरेको भन्दै जिल्ला प्रशासन कार्यालयले पीडित परिवारजनमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्याउने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने

सम्बन्धित

ल्हेन्दे खोलामा फेरि दुई साना ताल, तल्लो तटीय क्षेत्रमा सतर्क रहन विज्ञको सुझाव

कञ्चनपुरमा १३ किलो चरेशसहित २ जना पक्राउ

भोटेकोशीमा बाढीको जोखिम कायमै, पूर्वसूचनामा ध्यान दिन महाशाखाको आग्रह

बाढी पीडितका लागि स्याङ्जाका ४ पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीः ६१६ शव फेला

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १६ जना घर फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu