धनगढी । कञ्चनपुरमा प्रहरीले १३ किलो ९०५ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
कृष्णपुर नगरपालिका–५ गजरौलाबाट उक्त परिमाणको चरेससहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए।
पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–१ दहबगरका २२ वर्षीय कलक धामी र केदारस्युँ गाउँपालिका–७ काँडाचौरका ५० वर्षीय करन धामी रहेका छन्।
डीएसपी रावतका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोस्ट गजरौलाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको सेतो रङको बोलेरो पिकअप जिप जाँच गरेको थियो।
जाँचका क्रममा बोलेरो पिकअपको बोनटमा लुकाएर राखिएको अवस्थामा १३ किलो ९०५ ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले बोलेरो पिकअपसहित दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्