ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोलबजार नगरपालिकाले रसुवा बाढीपीडितलाई साढे पाँच लाख सहयोग गर्ने


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ३ : ५५   बजे

सिरहा । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सिरहाको गोलबजार नगरपालिकाले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

नगरपालिकाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको हो।

नगर प्रमुख श्यामकुमार श्रेष्ठका अनुसार नगरपालिकाले पाँच दिनभित्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नेछ। नगरपालिकाले बिहीबार कार्यपालिका बैठक बसेर सहयोग गर्ने निर्णय गरेको हो।

नगरपालिकाले प्राकृतिक विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै बाढी, डुबान तथा अन्य विपद्बाट प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ।

विपद्को कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, विभिन्न संघ–संस्था तथा नागरिक समाजबाट भइरहेका प्रयासप्रति नगरपालिकाले एकबद्धता जनाएको छ।

विपद् प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनु राज्य र समाज सबैको साझा दायित्व भएको भन्दै नगरपालिकाले मानवीय सहयोग र सहकार्यका लागि सदैव तत्पर रहेको जनाएको छ।

नगरपालिकाले प्रतिकूल मौसम तथा आगामी दिनमा हुन सक्ने सम्भावित बाढी, डुबान र अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै नदी तथा खोला किनार, होचा तथा डुबानको सम्भावना भएका स्थानमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यसअघि लहान नगरपालिकाले पनि रसुवा बाढीपीडितका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। गोलबजारको निर्णयसँगै सिरहाका दुई स्थानीय तहले रसुवा बाढीपीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। सिरहामा १७ वटा स्थानीय तह छन्।

नगरपालिकाले विपद् कुनै एक व्यक्ति वा समुदायको मात्र समस्या नभई सम्पूर्ण समाजको साझा चुनौती भएकाले कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्दै मानवीय संवेदना, सहकार्य र एकताको भावना प्रदर्शन गर्न नागरिक तथा सरोकारवालालाई अपिल गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्याउने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने

सम्बन्धित

कञ्चनपुरमा १३ किलो चरेशसहित २ जना पक्राउ

भोटेकोशीमा बाढीको जोखिम कायमै, पूर्वसूचनामा ध्यान दिन महाशाखाको आग्रह

बाढी पीडितका लागि स्याङ्जाका ४ पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीः ६१६ शव फेला

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १६ जना घर फर्किए

चितवनमा भेटिएका २२९ शव जमिनमुनि गाडिने, डिएनए नमुना सुरक्षित राखिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu