ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीपछि आफन्तको एउटै पुकार : ‘सरकार, हाम्रा मान्छे खोजिदिनुस्’


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ८ : ३५   बजे

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजीका लागि परिवारजनले सरकारसँग हारगुहार गरिरहेका छन् । बाढी आएको तीन दिन बितिसक्दा पनि आफन्तको अवस्था यकिन हुन नसक्दा परिवारहरू सामाजिक सञ्जाल, जनप्रतिनिधि तथा सञ्चारमाध्यममार्फत उद्धारका लागि अपिल गरिरहेका छन् ।

सरकारले सुरक्षा निकाय परिचालन गरी खोज तथा उद्धारलाई तीव्र बनाएको जनाएको छ । तर, दुर्गम भूगोल, सडक तथा सञ्चार सम्पर्क विच्छेद र कतिपय स्थानमा सुरुङ तथा भग्नावशेषभित्र मानिस फसेको आशंकाका कारण परिवारले आफन्तको अवस्थाबारे पर्याप्त जानकारी पाउन सकेका छैनन् ।

‘६० घण्टा भयो, नागरिकको जीवन बचाउनु पहिलो सर्त होइन र ?’

प्युठान नगरपालिका–७ का उमाराम पौडेलका भाइ सन्तोष पौडेल रसुवागढी हाइड्रोपावरको पावर हाउसमा रहेका १२ जनामध्ये एक भएको परिवारको भनाइ छ । उनीसहितका व्यक्तिहरू बाढीपछि सम्पर्कविहीन छन् ।

उमारामले जनप्रतिनिधिमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उद्धारमा थप तदारुकता देखाउन आग्रह गरेका छन् ।

“सरकार, नागरिकको जीवन बचाउनु पहिलो सर्त हुनुपर्ने हो । ६० घण्टा भइसकेको छ,” उनको आग्रह छ, “सञ्जालमा लाइक, कमेन्ट त हुँदै गर्छन्, त्यसको भन्दा बढी नागरिक बचाउन चासो दिनुपर्‍यो ।”

परिवारका लागि अहिले कुनै राजनीतिक बहस वा दोषारोपणभन्दा ठूलो विषय आफन्त जीवित छन् कि छैनन् भन्ने जानकारी पाउनु हो ।

त्रिशूली–३ ‘बी’मा रहेका ११ जनाको अवस्था अज्ञात

बझाङको जयपृथ्वी नगरपालिका–८ का ३२ वर्षीय हेमन्तराज जोशी त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको निर्माणाधीन साइटमा कार्यरत थिए । उनीसहित ११ जना बाढीपछि परिवारको सम्पर्कमा आएका छैनन् ।

हेमन्तकी बहिनी सावित्री जोशीका अनुसार परिवारलाई सबैभन्दा बढी सताएको विषय आफन्तको अवस्थाबारे स्पष्ट सूचना नहुनु हो ।

उनले विपद्का बेला उद्धारसँगै विश्वसनीय र आधिकारिक सूचना प्रवाह पनि उत्तिकै महत्वपूर्ण हुने बताएकी छन् ।

“त्रिशूली क्षेत्रमा अन्य प्रभावित स्थानमा उद्धार तथा राहतका गतिविधि भइरहेका बेला थ्रीबीमा रहेका व्यक्तिहरूको अवस्थाबारे स्पष्ट सूचना नआउनुले परिवारमा थप बेचैनी भएको छ,” उनले भनेकी छन् ।

‘प्लिज सरकार, एकपटक पुगेर हेरिदिनुस्’

रसुवा भन्सार कार्यालयकी नायब सुब्बा अनिता पुरी पनि बाढीपछि सम्पर्कविहीन छिन् ।

उनकी बहिनी श्रेयना पुरीले सामाजिक सञ्जालमार्फत दिदीसहित भन्सार कार्यालयका केही कर्मचारी एउटा घरभित्रै रहेको सूचना आएको भन्दै उद्धारका लागि सरकारसँग आग्रह गरेकी छन् ।

उनले टिमुरेमा बाढीबीच ठिङ्ग उभिएको घरको तस्वीर सार्वजनिक गर्दै त्यस ठाउँमा उद्धार टोली पुग्नुपर्ने माग गरेकी छन् ।

“उनीहरू बाहिर निस्कन नसकेको अन्य प्रत्यक्षदर्शीबाट कुरा आएको छ । प्लिज सरकार, यो ठाउँमा एकचोटि पुगेर हेरिदिनुस्,” उनले लेखेकी छन् ।

उनले परिवारका तर्फबाट आफूहरूको यो ‘अन्तिम गुहार’ भएको उल्लेख गरेकी छन् ।

यसअघि रसुवा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत करवीर गैह्रेले पनि अनिता पुरीबारे जानकारी दिएका थिए । उनका अनुसार अनितालाई लिन जाँदा उनीसमेत बाढीमा परेको जानकारी सहकर्मीबाट आएको थियो ।

चिलिमे सुरुङमा ६ जना फसेको आशंका

चिलिमे हाइड्रोपावरको सुरुङभित्र ड्युटीमा रहेका इन्जिनियर सन्तोष पाण्डेसहित ६ जना बाढीपछि सुरुङभित्रै फसेको भन्दै आफन्तले उद्धारका लागि आग्रह गरेका छन् ।

आफन्तका अनुसार बाढीले सुरुङको मुख थुनिएपछि उनीहरू बाहिर निस्कन सकेका छैनन् ।

“उद्धार गर्ने भनेको पनि ४८ घण्टा बित्न लागिसकेको छ,” आफन्तले सञ्चारमाध्यमलाई पठाएको सन्देशमा भनेका छन् ।

चिलिमेमा सम्पर्क गर्दा सुरुङभित्र हावा पस्ने प्वाल भएकाले तत्काल श्वासप्रश्वासमा समस्या नभएको जानकारी पाएको भए पनि उनीहरूको प्रत्यक्ष अवस्था थाहा नहुँदा परिवार चिन्तित छ ।

सुरक्षाकर्मी रोशनकुमार पनि सम्पर्कविहीन

राजविराज नगरपालिका–१० का रोशनकुमार यादव, जो नेपाली सेनामा कार्यरत रहेको बताइएको छ, उनी पनि बाढीपछि परिवारको सम्पर्कमा छैनन् ।

परिवारले उनको तस्वीर सार्वजनिक गर्दै रसुवामा पोस्टिङमा रहेका उनीसँग फोन सम्पर्क हुन नसकेको जनाएको छ ।

“उहाँको अवस्था र उहाँ कहाँ हुनुहुन्छ भन्नेबारे हामी परिवार निकै चिन्तित छौँ,” परिवारको अपिलमा भनिएको छ ।

टिमुरेका स्थानीय पनि खोजीको पर्खाइमा

रसुवाको टिमुरे बजारमा बस्दै आएका बाजुराको हिमाली गाउँपालिका–६ पाँडीका मोहनलाल रोकाया र बिक्रम भण्डारी पनि बाढीपछि सम्पर्कविहीन भएको भन्दै परिवार तथा आफन्तले खोजीका लागि सहयोग मागेका छन् ।

उनीहरूको फोन नलागेको भन्दै आफन्तले सामाजिक सञ्जालमार्फत जानकारी भए खबर गर्न आग्रह गरेका छन् ।

त्यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुरेश पन्तले रसुवास्थित लाङटाङ हाइड्रोपावरमा कार्यरत कञ्चनपुर भीमदत्त नगरपालिका–५ का देवबहादुर चन्द तीन दिनदेखि परिवारको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि अपिल गरेका छन् ।

बिहान ८ बजे फोन गरेका किशन त्यसपछि बेपत्ता

किशन खतिवडाले भदौ १० गते बिहान इमिग्रेसन पास लिएका थिए । परिवारका अनुसार सोही दिन बिहान करिब ८ बजे उनले परिवारसँग सम्पर्क पनि गरेका थिए ।

तर त्यसपछि उनी सम्पर्कविहीन छन् । उनकी बहिनी कृतिका खतिवडाले सामाजिक सञ्जालमार्फत उनको खोजी तथा उद्धारका लागि सहयोगको अपिल गरेकी छन् ।

परिवारका लागि समय नै सबैभन्दा ठूलो चिन्ता

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धारको कठिनाइ केवल भग्नावशेष वा सडक अवरोधमा सीमित छैन । सम्पर्कविहीन व्यक्तिको सही स्थान पहिचान गर्नु, उनीहरू जीवित छन् कि छैनन् भन्ने यकिन गर्नु र त्यसका आधारमा प्राथमिकता निर्धारण गर्नु अहिलेको अर्को ठूलो चुनौती बनेको छ ।

विशेषगरी जलविद्युत् आयोजनाका सुरुङ, पावर हाउस, भन्सार क्षेत्र तथा नदी किनारका संरचनामा मानिस फसेको आशंका रहेकाले परिवारले ती स्थानमा विशेष खोजी गर्न आग्रह गरिरहेका छन् ।

एकातिर राज्यका सुरक्षा निकायले उद्धार जारी रहेको बताइरहेका छन् भने अर्कोतर्फ आफन्तहरू हरेक फोन, सामाजिक सञ्जालको हरेक अपडेट र उद्धार टोलीको हरेक गतिविधिलाई आशाको रूपमा हेरिरहेका छन् ।

अहिले उनीहरूको एउटै माग छ—‘हाम्रा आफन्त कहाँ छन्, कम्तीमा यति मात्र भनिदिनुस् । सम्भव छ भने जीवितै उद्धार गरिदिनुस् ।’

भोटेकोशी बाढीको मानवीय संकटबीच अब उद्धारको गति जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण परिवारलाई नियमित, तथ्यमा आधारित र आधिकारिक सूचना उपलब्ध गराउनु पनि देखिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६६९ पुग्यो

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

बाढी प्रभावित जिल्लामा ६ करोड ५७ लाख निकासा, प्रधानमन्त्री राहत कोषमा पाँच अर्ब बढी जम्मा

बाढीबाट उद्धार गरिएकाहरूलाई काठमाडौंको कुन– कुन अस्पतालमा हुँदैछ उपचार ?

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu