काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पाँच अर्ब भन्दा बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार सार्वजनिक गरेको विवरण अनुसार कोषमा पाँच अर्ब चार करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जिम्मा भएको हो ।
सरकारले सहयोगको पारदर्शी उपयोग र सही व्यवस्थापनका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मात्रै रकम पठाउन आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्