ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ८ : ५५   बजे

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाको काम नतिजा नआएसम्म निरन्तर जारी रहने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा बाढीले ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याएको भन्दै सरकार प्रभावित नागरिकको साथमा रहेको बताएका हुन्।

बाढी आएलगत्तै सरकारले खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको उल्लेख गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीसँगको समन्वयमा राज्यका सबै संयन्त्र परिचालन गरिएको बताए।

‘प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता हो,’ प्रधानमन्त्री शाहले भनेका छन्।

उनका अनुसार प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका बाबजुद आज साँझ ५ः३० बजेसम्म प्रभावित क्षेत्रबाट ७ हजार ५१४ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ।

विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको समेत उद्धार भइसकेको उनले बताए। बाँकी प्रभावितको खोजी तथा उद्धारका लागि नेपाली सेनाले प्रयास जारी राखेको छ। उद्धार कार्यमा भारतीय र चिनियाँ विज्ञसमेत नेपाली सेनासँगको समन्वयमा परिचालित छन्।

१६ हेलिकप्टरबाट २३६ उडान

उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएको छ। ती हेलिकप्टरले हालसम्म २३६ वटा उडान भरिसकेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १८ हजार ७०८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडान गर्न नसकिएको बताउँदै प्रधानमन्त्री शाहले थप हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्।

उद्धारमा खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न दैनिक खाजा खर्च तथा प्रोत्साहन भत्ता बढाउने निर्णयसमेत गरिएको उनले बताए। आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट समेत सहयोग लिइरहेको उनको भनाइ छ।

घाइतेको काठमाडौंमा उपचार

सरकारले प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल अवस्थाका घाइतेलाई काठमाडौंका विभिन्न अस्पतालमा ल्याएर उपचार गरिरहेको जनाएको छ।

अन्य घाइतेको उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित नेपाली सेनाका ब्यारेकमा मोबाइल अस्पताल सञ्चालन गरिएको छ। काठमाडौंमा रहेका विभिन्न विशेषज्ञ चिकित्सकसहितको टोलीले ती अस्पतालमा उपचार गरिरहेको प्रधानमन्त्री शाहले बताए।

धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल तथा हेली क्षेत्रमा गरी पाँच स्थानबाट स्वास्थ्य सेवा प्रदान भइरहेको उनले जानकारी दिए।

घाइते र उनीहरूका परिवारका सदस्यलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइएको छ।

अस्पतालमा रगतको सहज उपलब्धताका लागि सरकारले ‘रक्त सूचना पोर्टल’ सञ्चालन गरी कुन अस्पतालमा कति रगत उपलब्ध छ भन्ने जानकारी सार्वजनिक गर्ने व्यवस्था मिलाएको जनाएको छ।

६७५ शव फेला

प्रधानमन्त्री शाहका अनुसार हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ वटा शव फेला परेका छन्।

फेला परेका शवलाई ‘एयरटाइट ब्याग’मा राखेर व्यवस्थापन भइरहेको उनले बताए।

पहिचान हुन नसकेका शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिने उनको भनाइ छ।

डीएनए लगायत पहिचानमा सहयोग गर्ने आधार सुरक्षित राखेर पहिचान हुन नसकेका शव सरकारले व्यवस्थापन गर्ने र परिवारले पहिचान गरेका शव सम्बन्धित परिवारलाई जिम्मा लगाउने काम भइरहेको उनले स्पष्ट पारेका छन्।

१८ वटा अस्थायी शिविर

उद्धार गरिएका घाइतेबाहेक अन्य प्रभावित नागरिकका लागि रसुवामा तीन र नुवाकोटमा १५ वटा अस्थायी शिविर स्थापना गरिएको प्रधानमन्त्री शाहले बताए।

बाढीबाट विस्थापित करिब ३ हजार ५०० नागरिकलाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक–सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ।

खाद्य तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन सरकार जुटिरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेयरहाउस, काठमाडौं जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र र बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग परिसरमा राहत सामग्री सङ्कलन भइरहेको छ।

सङ्कलित सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्‍याइएको छ। त्यहाँबाट प्रभावित क्षेत्रमा राहत सामग्री वितरण भइरहेको छ।

आज मात्रै एमआई–१७ हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चे पुर्‍याइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

टेलिफोन सेवा पुनः सञ्चालन

बाढीका कारण प्रभावित क्षेत्रमा नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बीटीएस टावरको सेवा अवरुद्ध भएको थियो।

सरकारले हेलिकप्टर तथा सडकमार्गबाट इन्धन, सोलार प्यानल र जेनेरेटर पुर्‍याएर टावर पुनः सञ्चालनमा ल्याएको जनाएको छ।

अहिलेसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा आइसकेका छन्। बाँकी टावर पनि छिट्टै सञ्चालनमा ल्याउने गरी मर्मत भइरहेको छ।

रसुवा र धादिङ सडक सञ्जालमा जोडिए

बाढीले मुख्य सडकमा क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा आवागमन कठिन बनेको थियो। अहिले काठमाडौँ–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड साना चारपाङ्ग्रे सवारी सञ्चालन हुने गरी मर्मत गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।

सडक खुलेसँगै रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ।

त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखुको १३ किलोमिटर सडकखण्डमा थुप्रिएको लेदो हटाएर राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ।

धादिङबेँसी जाने वैकल्पिक सडकसमेत सञ्चालनमा आएको छ। परेवाटार–नेपालटार–गजुरीटार–पीपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएसँगै धादिङबेँसी पनि पुनः सडक सञ्जालमा जोडिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६६९ पुग्यो

बाढी प्रभावित जिल्लामा ६ करोड ५७ लाख निकासा, प्रधानमन्त्री राहत कोषमा पाँच अर्ब बढी जम्मा

बाढीबाट उद्धार गरिएकाहरूलाई काठमाडौंको कुन– कुन अस्पतालमा हुँदैछ उपचार ?

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

भोटेकोशी बाढीपछि आफन्तको एउटै पुकार : ‘सरकार, हाम्रा मान्छे खोजिदिनुस्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu