ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गाउँपालिकामा नाकाबन्दी लागेजस्तो छ, यता हामी उतै गाउँले सम्पर्कविहीन’


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ११ : ०५   बजे

रसुवा । भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाको एक गाउँपालिका सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको छ। सडकसँगै गाउँ र सदरमुकाम जोड्ने गोरेटो तथा झोलुंगे पुलसमेत बाढीले बगाएपछि गाउँपालिकाका बासिन्दा बाहिरी दुनियाँसँग सम्पर्कविहीनजस्तै भएका छन्।

गाउँपालिकाका एक जनप्रतिनिधिका अनुसार भोटेकोशी नदीमाथिका सबै पुल बगाएकाले अहिले मानिसहरू पैदलसमेत गाउँबाट बाहिर आउन सक्ने अवस्था छैन। उनी अहिले सदरमुकाम धुन्चेमा भए पनि गाउँमा रहेका नागरिकको अवस्था बुझ्न कठिन भइरहेको छ।

‘अहिले हाम्रो गाउँपालिका सडक सञ्जालबाट विच्छेद भएको छ। सडक मात्रै होइन, हाम्रो गाउँका बासिन्दा जिल्लाको सदरमुकाम र अन्यत्र जाने गोरेटो बाटो पनि छैन। बीचमा भोटेकोशी खोला छ, भएका सबै पुल बगायो। गाउँ पारी छ, म यता सदरमुकाम धुन्चेमा छु,’ उनले भने।

उनका अनुसार गाउँमा तत्काल खाद्यान्नको अभाव नभए पनि अवस्था यस्तै रहे एक साताभित्रै समस्या गम्भीर बन्न सक्ने स्थानीयको अनुमान छ।

‘अहिलेसम्म त गाउँमा राशन टुटिसकेको छैन। तर गाउँपालिकाका विभिन्न ठाउँका मानिसहरूले एक हप्ताभित्र राशन टुट्ने र भोकमरी हुने अवस्था आउन सक्ने भन्दैछन्,’ उनले भने।

डेढ सयभन्दा बढी सम्पर्कविहीन

बाढीपछि गाउँपालिकाबाट सम्पर्कविहीन भएका मानिसहरूको यकिन विवरण अझै तयार हुन सकेको छैन। प्रारम्भिक रूपमा विवरण संकलन गर्दा डेढ सयभन्दा बढी मानिस हराइरहेको जानकारी आएको उनले बताए।

‘गाउँपालिकाबाट हराएका मानिसहरूको यकिन सूची आएको छैन। तर सबै विवरण संकलन गर्दा डेढ सयभन्दा बढी मानिसहरू हराइरहेका छन्। मानिसहरू गाउँमा छन्, उनीहरूले आफन्त हराइरहेका छन्। तर फोन सम्पर्क नहुँदा के कस्तो अवस्था हो, थाहा छैन,’ उनले भने।

बाढीपछि गाउँमा विद्युत् सेवा अवरुद्ध छ। मोबाइल टावर तथा सञ्चार संरचनामा समेत क्षति पुगेपछि गाउँमा रहेका नागरिकसँग सम्पर्क स्थापित गर्न कठिन भइरहेको छ।

‘गाउँमा बिजुलीबत्ती छैन। अस्तिको बाढीपछि फोन टुटिरहेको छ। सम्पर्क भएकाहरूको पनि फोन लाग्दैन मात्रै भनिरहेका छन्। गाउँपालिकाका एक–दुई जनासँग सम्पर्क भएको छ। उनीहरूको पनि ब्याट्री सकिन लागेको छ,’ उनले भने।

‘यताको यतै, उताको उतै’

घटनाका बेला आफू काठमाडौंमा रहेको उनले बताए। त्यसपछि हेलिकप्टरमार्फत गाउँपालिका पुग्ने प्रयास गरिए पनि सम्भव नभएपछि वैकल्पिक बाटो हुँदै धुन्चे पुगेको उनको भनाइ छ।

‘घटनाको दिन म काठमाडौंमा थिएँ। त्यसपछि हामी हेलिकप्टरबाट पालिकामा आउन खोजेका थियौँ, तर सम्भव भएन। अनि अरू सानो बाटो र वैकल्पिक सडक खोज्दै धुन्चेसम्म आएको हो। काठमाडौंबाट जसोतसो धुन्चे आउन सकिने रहेछ,’ उनले भने।

तर धुन्चेबाट गाउँपालिकातर्फ जाने स्याफ्रुबेँसीको बाटोसमेत भोटेकोशीका पुल बगेपछि अवरुद्ध भएको छ।

‘अब स्याफ्रुबेँसी हुँदै मेरो गाउँ जानुपर्छ। तर भोटेकोशीका सबै पुल बाढीले बगाएको छ। खोला तर्न सकिँदैन। यताको यतै, उताको उतै छौँ। गाउँपालिकामा नाकाबन्दी लागेको जस्तो भएको छ,’ उनले भने।

वैकल्पिक बाटो खोल्न आग्रह

गाउँपालिकाको डाँडापारि पर्ने धादिङको रुवीभ्याली गाउँपालिकासँग भने सम्पर्क भइरहेको उनले बताए। त्यहाँबाट वैकल्पिक बाटो निर्माण गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ।

‘हाम्रो गाउँपालिकाको डाँडापारी धादिङको रुवीभ्याली गाउँपालिका पर्छ। त्यहाँ भने सम्पर्क भइरहेको छ। त्यहाँबाट बाटो बनाउनुपर्छ भन्ने कुरा आएको छ,’ उनले भने।

सोमदाङबाट आउने बाटोका केही स्थानमा समस्या भए पनि मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने सम्भावना रहेको उनले बताए।

‘सञ्चार नहुँदा गाउँको अवस्था थाहा पाउनै सकिएन’

बाढीपछि गाउँमा मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ। सोलारबाट विद्युत् उत्पादन हुने ठाउँमा सम्पर्क स्थापित गर्ने प्रयास गरिए पनि फोन नलागेको उनले बताए।

‘मैले सोलार चलाउने ठाउँहरूमा पनि बारम्बार फोन गर्न खोजेको छु, तर फोन लागेको छैन। धुन्चेमा पनि सोलारसहितको सम्पर्क हुने साधन दिनुपर्‍यो भनिरहेका छौँ। तर यहाँ भद्रगोल भएको छ,’ उनले भने।

उनका अनुसार गाउँपालिकाका विभिन्न ठाउँमा मोबाइल चार्ज गर्न र सञ्चार सम्पर्क कायम राख्न तत्काल वैकल्पिक व्यवस्था आवश्यक छ।

‘पालिकाका केही ठाउँमा मोबाइल चार्ज गर्न र सम्पर्क गर्न केही न केही आवश्यक परेको छ,’ उनले भने।

‘पहिला गाउँमा सम्पर्क होस्’

बाढीबाट रसुवाका छिमेकी गाउँपालिकाहरूको अवस्था पनि निकै खराब रहेको उनले बताए। धादिङतर्फ जोडिएका केही गाउँपालिकाको अवस्था भने तुलनात्मक रूपमा सहज रहेको उनको भनाइ छ।

‘रसुवाका हाम्रा छिमेकी गाउँपालिकाहरूको अवस्था पनि ध्वस्तै छ। हामीसँग जोडिएका धादिङका गाउँपालिका बरु ठिकै छन्,’ उनले भने।

अहिलेको मुख्य आवश्यकता गाउँमा सम्पर्क स्थापित गर्नु र त्यहाँ रहेका नागरिकको वास्तविक अवस्था पत्ता लगाउनु रहेको उनले बताए।

‘हामी सकेसम्म गाउँमा सम्पर्क होस् र गाउँलेहरूको अवस्था पत्ता लागोस् भन्ने चाहन्छौँ। कहिले बिजुली र फोनको टावर मर्मत हुने हो?’ उनले प्रश्न गरे।

बाढीपछि सडक, पुल, विद्युत् र सञ्चार संरचना ध्वस्त हुँदा गाउँपालिकाका नागरिकको दैनिक जीवनसँगै राहत तथा उद्धारमा समेत गम्भीर चुनौती देखिएको छ। तत्काल वैकल्पिक सडक, सञ्चार र विद्युत् सेवा सञ्चालनमा ल्याउन नसके खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव अझ गहिरिन सक्ने स्थानीयको चिन्ता छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६६९ पुग्यो

बाढी प्रभावित जिल्लामा ६ करोड ५७ लाख निकासा, प्रधानमन्त्री राहत कोषमा पाँच अर्ब बढी जम्मा

बाढीबाट उद्धार गरिएकाहरूलाई काठमाडौंको कुन– कुन अस्पतालमा हुँदैछ उपचार ?

चीनले नेपाललाई २० लाख डलर नगद सहयोग गर्ने

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६६९, २ हजार ३०१ जनाको उद्धार, २७ प्रहरी अझै सम्पर्कविहीन

बाढीपीडित बिरामीका लागि महानगरले केयरटेकर खटाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu