काठमाडौं । नेकपा (एमाले) ले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको क्षतिबारे स्थलगत अध्ययन गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ।
एमालेले आइतबार पार्टी मुख्यालय च्यासलमा अध्यक्ष ओलीलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेको हो।
महासचिव शंकर पोखरेलको नेतृत्वमा २० सदस्यीय टोलीले रसुवा र नुवाकोटका बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको थियो।
टोलीले स्थलगत रूपमा संकलन गरेको विवरणका आधारमा तत्काल गर्नुपर्ने राहत तथा उद्धारका काम र सरकारले गर्नुपर्ने कार्यहरू समेटेर प्रतिवेदन तयार गरेको एमालेले जनाएको छ।
उक्त प्रतिवेदन अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको हो।
प्रतिवेदनमा एमालेका विभिन्न जनसंगठनका नेता तथा कार्यकर्ता राहत र उद्धारमा अहोरात्र खटिइरहेको उल्लेख गरिएको छ।
एमालेले स्थलगत अध्ययनका क्रममा देखिएका समस्या, तत्काल राहत तथा उद्धारका प्राथमिकता र सरकारले लिनुपर्ने कदमबारे प्रतिवेदनमार्फत पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको जनाएको छ।
Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्