काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८ पुगेको छ।
नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म विभिन्न जिल्लामा गरी ७८८ जनाको शव फेला परेको हो।
जिल्लागत रूपमा रसुवामा १३, धादिङमा ५०, गोरखामा ५८, नुवाकोटमा ५२, चितवनमा २६४, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १२० जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
यसैबीच, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २ हजार ५०२ जना अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४ जनारहेका छन्।
त्यस्तै, रसुवामा ५६२, नुवाकोटमा ११५, जलविद्युत आयोजनामा कार्यरत ९३३, मकवानपुरमा ६५, विदेशी नागरिक ५९, विदेशी पर्यटकसँग घुम्न गएका १२७, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ तथा क्वारेन्टाइन कार्यालयका ३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढी तथा त्यसपछि उत्पन्न विपद्बाट प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ।
मृतकको सङ्ख्या बढ्दै जानुका साथै ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने चुनौती थपिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्