ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा अवैध काठ ओसारपसार गर्ने तीन जना पक्राउ


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ७ : ३५   बजे

बागलुङ, १४ भदौ । प्रहरीले अवैध रूपमा काठ ओसारपसार गरिरहेको अवस्थामा बागलुङको काठेखोला गाउँपालिका–३ बिहुँबाट तीन जनालाई पक्राउ गरेको छ।

ना ५ ख २३७६ नम्बरको ट्रकमा काठ लुकाएर लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–११ का २६ वर्षीय बुद्धीलाल प्रजा, काठेखोला गाउँपालिका–६ बिहुँका २७ वर्षीय खिमानन्द कँडेल र ट्रक चालक निसीखोला गाउँपालिका–६ का ३३ वर्षीय श्याम बुढामगर रहेका छन्।

बिहुँबाट अवैध रूपमा काठ ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले ट्रक नियन्त्रणमा लिएर उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार ट्रकमा चिलाउने, उत्तिसलगायतका काठ लोड गरिएको छ। ती काठमा कुनै पनि प्रकारको टाँचा नलगाइएको पाइएको छ।

“बिहुँबाट पहिलेदेखि नै काठ बाहिर पठाउने काम हुँदै आएको रहेछ। यसपटक उनीहरूलाई पक्राउ गरेका हौँ,” डीएसपी त्वातीले भने।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको छ भने बरामद काठको डिभिजन वन कार्यालयले नापजाँच तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

अवैध काठ ओसारपसारसम्बन्धी अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय बागलुङबाट उनीहरूविरुद्ध १० दिनको म्याद थप गरिएको छ।

अनुसन्धान पूरा भएपछि आवश्यक कानुनी प्रक्रियाका लागि उनीहरूलाई डिभिजन वन कार्यालयको जिम्मा लगाइने डीएसपी त्वातीले जानकारी दिए।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

गोलाघाट क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, ७० शव फेला

सम्बन्धित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu