ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफन्तको खोजीमा विदेशबाट नेपाल आउँदैछन् परिवार, ५९१ पर्यटक अझै सम्पर्कविहीन


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ७ : १५   बजे

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा आफन्त बेपत्ता भएपछि विभिन्न देशका परिवार नेपाल आएर आफ्ना प्रियजनको खोजीमा जुटेका छन्।

गत बुधबार आएको बाढीपछि नेपाली तथा विदेशी नागरिक सम्पर्कविहीन भएको खबर सार्वजनिक भएसँगै अध्यागमन कार्यालयमा नेपाल प्रवेश तथा नेपालबाट बाहिरिएका नागरिकको विवरण माग्ने क्रम बढेको अध्यागमन विभागले जनाएको छ।

विभागका प्रवक्ता शिवप्रसाद लम्सालका अनुसार विभिन्न देशका राजदूतावास तथा कन्सुलरमार्फत मात्रै नभई बेपत्ता नागरिकका आफन्त आफैँ अध्यागमन कार्यालयमा पुगेर आफ्ना आफन्तको खोजी गरिरहेका छन्।

उहाँका अनुसार तीर्थयात्रा, पर्यटन तथा विभिन्न कामका सिलसिलामा नेपाल–चीन सीमाक्षेत्रसम्म पुगेका विदेशी नागरिकका आफन्त अस्पताल, प्रहरी कार्यालय, उद्धार तथा पहिचान केन्द्र, अध्यागमन विभाग र घटनास्थल आसपास पुगेर खोजीमा जुटेका छन्।

कतिपय आफन्तले सम्बन्धित व्यक्तिको नेपाल प्रवेश तथा बाहिरिएको विवरण मागेर खोजी गरिरहेका छन् भने कतिपयले ट्रेकिङ एजेन्सीमार्फत यात्राको विवरण संकलन गरी अस्पताल तथा शव पहिचान केन्द्रमा आफन्तको तस्बिर र अन्य विवरण लिएर पुगिरहेका छन्।

अध्यागमन विभागका अनुसार आफन्तको खोजीमा नेपाल आउनेमा भारत, चीन, अमेरिका, युक्रेन, माल्टा, बेलायत, मलेसिया र अस्ट्रेलियालगायत देशका नागरिक छन्।

बाढीअघि ८९ जना चीनतर्फ गएका थिए

प्रवक्ता लम्सालका अनुसार भदौ १० गते बिहान बाढी आउनुअघि टिमुरेस्थित अध्यागमन कार्यालयबाट विदेशी तथा नेपाली गरी ८९ जना चीनतर्फ प्रस्थान गरेका थिए।

त्यसैगरी तीन जना नेपाली नागरिक नेपाल प्रवेश गरेका थिए।

लम्सालका अनुसार बुधबार बिहान ८ः३५ बजेसम्म नेपाल प्रवेश तथा नेपालबाट बाहिरिने यात्रुको जाँचपास पूरा भइसकेको थियो।

उक्त समयसम्म नेपालबाट चीनतर्फ जानेमा ३२ नेपाली, १२ चिनियाँ, नौ अमेरिकी, ३३ भारतीय तथा क्यानडा, इटाली र अस्ट्रेलियाका एक–एक जना पर्यटक रहेको विभागले जनाएको छ।

उनीहरू नेपाल–चीन सीमाक्षेत्रको ग्यिरोङ बन्दरगाह क्षेत्रतर्फ प्रवेश गरेका थिए।

यस विवरणले बाढी आउनुअघि सीमाक्षेत्रमा रहेका विदेशी पर्यटक तथा तीर्थयात्रीको खोजीमा अध्यागमन अभिलेखसमेत महत्वपूर्ण आधार बनेको देखाएको छ।

शव पहिचान झन् चुनौतीपूर्ण

बाढीपछि ठूलो संख्यामा शव फेला परिरहेका कारण पहिचानको कामसमेत जटिल बनेको छ।

विदेशी नागरिकको खोजी तथा उद्धारमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक नन्तीराज गुरुङका अनुसार बाढीले बगाएर ल्याएका केही शव विदेशी नागरिकका हुन सक्ने देखिए पनि लामो समय पानी र हिलोमा रहँदा पहिचान गर्न कठिन भइरहेको छ।

“बाढीले बगाएर निधन भएका नागरिकमध्ये एक–दुई जनाको शवको प्रकृति विदेशी नागरिक जस्तो देखिए पनि लामो समय पानी तथा हिलोमा रहेकाले पहिचान गर्न कठिन भइरहेको छ,” उहाँले भन्नुभयो।

यस अवस्थामा शवको वैज्ञानिक परीक्षण, डीएनए परीक्षण, तस्बिर, हुलिया तथा अन्य पहिचानसम्बन्धी विवरण महत्वपूर्ण हुने देखिएको छ।

थप पाँच विदेशी पर्यटकको उद्धार

बाढीमा बेपत्ता व्यक्तिको खोजी तीव्र भइरहेका बेला आइतबार थप पाँच जना विदेशी पर्यटकको उद्धार गरिएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएकामा स्पेनका तीन, अमेरिका र बेल्जियमका एक–एक जना पर्यटक छन्।

बोर्डका अनुसार आइतबारसम्म २८९ विदेशी पर्यटकको उद्धार भइसकेको छ।

तर अझै ५९१ पर्यटक सम्पर्कबाहिर रहेको बोर्डले जनाएको छ।

यसले भोटेकोशी बाढीपछि नेपाली नागरिकसँगै नेपाल–चीन सीमाक्षेत्रमा रहेका विदेशी पर्यटकको खोजी तथा उद्धार पनि ठूलो मानवीय चुनौती बनेको देखाएको छ।

बाढीपछि आफन्तको खोजीमा नेपाल आइपुगेका विदेशी परिवारका लागि अध्यागमन अभिलेख, ट्रेकिङ एजेन्सीका यात्रा विवरण, अस्पतालका अभिलेख, उद्धार सूची तथा शव पहिचान केन्द्रबीचको समन्वय अहिले सबैभन्दा महत्वपूर्ण माध्यम बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि काभ्रेका ४१ जना अझै सम्पर्कविहीन

घर बाढीले बगायो, शिविरले सम्हाल्यो : देवीघाटका विस्थापितको पीडाबीच आशाको कथा

सम्बन्धित

रसुवा बाढीपछि हिल्सा नाकाबाट फर्किए १४९ भारतीय पर्यटक

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सक्रिय हुन रास्वपा सभापति लामिछानेको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu