ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपछि काभ्रेका ४१ जना अझै सम्पर्कविहीन


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ७ : ४५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि काभ्रेका ४१ जना अझै सम्पर्कविहीन रहेका छन्। बाढीपछि सम्पर्कविहीन भएका आठ जना भने परिवारको सम्पर्कमा आइसकेका छन्।

जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढी प्रभावित क्षेत्रमा रहेका जिल्लावासीको अवस्था बुझ्न सार्वजनिक अपिल गर्दै हालसम्म सम्पर्कविहीन रहेका नागरिकको नामावली अद्यावधिक गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढीपछि सम्पर्कविहीन भएका आठ जना परिवारको सम्पर्कमा आए पनि ४१ जनाको अवस्था अझै अज्ञात छ।

प्रशासनले रोजगारी, व्यापार, भ्रमण तथा अन्य कामका सिलसिलामा बाढी प्रभावित क्षेत्रमा पुगेका काभ्रेका नागरिकको अवस्था बुझ्न पहल गरिरहेको जनाएको छ।

बनेपा र तेमालका सबैभन्दा धेरै

प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा बनेपाका सात र तेमाल गाउँपालिकाका सात जना छन्।

त्यस्तै धुलिखेलका छ, पाँचखाल र भुम्लुका चार–चार जना सम्पर्कविहीन छन्।

पनौती, चौँरीदेउराली र बेथानचोकका तीन–तीन जना तथा मण्डनदेउपुर र रोशी गाउँपालिकाका एक–एक जना सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ। काभ्रेकै एक जना सम्पर्कविहीन व्यक्तिको ठेगाना भने खुलेको छैन।

परिवारलाई तत्काल जानकारी गराउन आग्रह

प्रशासनले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना परिवारका सदस्यसँग तत्काल सम्पर्क गरी उनीहरूको अवस्था बुझ्न आग्रह गरेको छ।

कुनै परिवारका सदस्य सम्पर्कविहीन भएमा नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा तत्काल जानकारी गराउन पनि अनुरोध गरिएको छ।

प्रशासनका अनुसार सम्पर्कविहीनको सूची निरन्तर अद्यावधिक गरिनेछ। सम्पर्कमा आएका व्यक्तिबारे पनि प्रशासनलाई जानकारी गराउन आग्रह गरिएको छ, ताकि खोजी तथा उद्धार कार्यलाई थप व्यवस्थित बनाउन सकियोस्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : ८२३ शव भेटिए, ३२ जनाको मात्रै सनाखत

भोटेकोसी बाढीपछि काभ्रेका ४१ जना अझै सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढी : ८२३ शव भेटिए, ३२ जनाको मात्रै सनाखत

बाढीपहिरोले विद्यालयमा ठूलो क्षति, सयौँ विद्यार्थी सम्पर्कविहीन

एसीसी प्रिमियर कपमा नेपाल र बहराइन भिड्दै, सन्दीपको कप्तानीमा नयाँ टोली

त्रिशूली बाढीपछि पुनर्निर्माणको प्रारम्भिक तयारी, लागत ७ खर्बसम्म पुग्ने अनुमान

Barcelona Coach Flick Sees Lamine Yamal Returning to ‘Top Level’

Chinese President Xi Jinping Receives Warm Welcome in Kyrgyzstan

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu