हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, बस्तीपुरस्थित राप्ती खोलाले बगाएका एक वृद्धको शव फेला परेको छ । मनहरी गाउँपालिका–४, मसिनेका करिब ७० वर्षीय बलबहादुर रुम्बाको शव फेला परेको प्रहरीले जनाएको छ ।
मंगलबार (भदौ १६) बिहान करिब ७ः१० बजे राप्ती खोलाले एक व्यक्तिलाई बगाएर लगिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । खोजी गर्ने क्रममा प्रहरीले रुम्बाको शव बस्तीपुर पुलबाट करिब ५०० मिटर तल राप्ती खोलाको मध्यभागमा काठ र ढुंगाको बीचमा अल्झिएको अवस्थामा फेला पारेको हो ।
प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्