ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपीडितका लागि रास्वपाले ५० लाख सहयोग गर्ने


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ३ : ५५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढी तथा विपद् प्रभावित नागरिकका लागि पहिलो चरणमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

रास्वपाले विपद्को समयमा पार्टीको सम्पूर्ण संरचनालाई परिचालन गर्दै सरकारलाई सहयोग गर्ने निर्णय गरेको महामन्त्री विपिन आचार्यले जानकारी दिए।

निर्णय सार्वजनिक गर्दै आचार्यले पार्टीका सबै तहका संरचनालाई समन्वय गरी एकीकृत रूपमा राहत तथा उद्धारमा परिचालन गर्ने बताए।

“विपद्मा पार्टीको सम्पूर्ण संरचनाको तर्फबाट पहिलो चरणमा ५० लाख सहयोग गर्ने।”

उनका अनुसार पार्टीका सबै संरचनाका नेता तथा कार्यकर्तालाई एकीकृत रूपमा परिचालन गरिनेछ। पार्टीको संरचना सरकारसँग जोडिएर राहत, उद्धार तथा पुनर्स्थापनाका काममा सहयोग गर्ने रास्वपाको निर्णय छ।

एकद्वार प्रणालीबाट राहत वितरण

रास्वपाले राहत तथा उद्धारका काम राज्यको संरचनामार्फत एकद्वार प्रणालीबाट सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।

पार्टीले राहत वितरणमा दोहोरोपन तथा अव्यवस्था हुन नदिन सरकारी संयन्त्रसँग समन्वय गरेर काम गर्ने जनाएको छ।

त्यसैगरी राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग जुटाउनसमेत पार्टीले ‘मियो’ बनेर समन्वय गर्ने निर्णय गरेको छ।

‘सरकारले तदारुकता देखाएको छ’

महामन्त्री आचार्यले विपद् लगत्तै सरकारले तदारुकता देखाएर काम अघि बढाएको भन्दै त्यसको स्वागत गरे।

“विपद् हुनेबित्तिकै सरकारले तदारुकता देखाएको छ। यसका लागि स्वागत गर्दै रास्वपाले मियो बनेर समन्वय गर्ने र विपद्बाट बाहिर निकाल्न ऐक्यबद्धता कायम गर्ने।”

रास्वपाले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि दीर्घकालीन पुनर्स्थापनासम्मका काममा सरकारसँग समन्वय र सहकार्य गर्दै पार्टीको सम्पूर्ण संरचना परिचालन गर्ने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप नेपाल आइपुग्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सहकार्य गर्न होटल व्यवसायीलाई मन्त्री यादवको आग्रह

राहतको एकद्वार प्रणालीका कारण बाढी प्रभावित जनता भोकै : सांसद बराल

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिने

भोटेकोसी बाढीपीडितका लागि एडीबीको ५ मिलियन डलर सहयोग स्वीकार्ने सरकारको निर्णय

भदौ २३ गते ‘जेनजी सहिद दिवस’ मनाइने, सार्वजनिक बिदा दिने सरकारको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu