ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाहरू जीवित छन् कि छैनन् ? सरकारलाई सांसद बोहोराको प्रश्न


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ३ : ५५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको अवस्था तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बोहोराले सुरुङभित्र फसेका व्यक्तिहरू जीवित छन् कि छैनन् भन्नेबारे समेत प्रश्न उठिरहेको भन्दै खोज तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए।

उनले कञ्चनपुरका विनोदप्रसाद पाण्डे सुरुङभित्र रहेको जानकारी गराउँदै उद्धारका लागि आवश्यक प्राविधिक क्षमता र स्रोतसाधनबारे सरकारसँग जवाफ मागे।

“त्रिशूली–३ ‘ए’मा खोल्न मिल्ने हो कि होइन ? नेपाल सरकारले सक्ने हो कि होइन ? कसको एफोर्ट लाग्ने हो ? त्यो सुरुङमा मान्छे जीवित छन् कि छैनन् ? कसले भन्दिने हो खासमा ?”

सांसद बोहोराले सुरुङभित्र फसेकाहरूको वास्तविक अवस्था पत्ता लगाउन सरकार गम्भीर र सक्रिय हुनुपर्ने बताए।

विदेशी सहयोग आवश्यक भए तत्काल माग्न सुझाव

उनले उद्धारका लागि नेपालसँग पर्याप्त प्रविधि तथा उपकरण नभए विदेशी सहयोग लिन ढिलाइ गर्न नहुने बताए।

‘विदेशी सहयोग कहीँबाट आउने भए बताउनुस्,’ भन्दै उनले आवश्यक परे अन्तर्राष्ट्रिय स्तरबाट प्राविधिक जनशक्ति तथा उपकरण झिकाएर भए पनि उद्धार अभियान अघि बढाउन आग्रह गरे।

बोहोराले भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरणका लागि नेपालका हिमताल तथा जोखिमयुक्त क्षेत्रमा एआई जडित क्यामेरा तथा निगरानी प्रविधि प्रयोग गर्न सकिने धारणा पनि राखे।

उनका अनुसार आधुनिक प्रविधिको प्रयोगमार्फत हिमताल तथा हिमाली क्षेत्रमा हुने सम्भावित जोखिमको पूर्वसूचना प्राप्त गर्न सकिने भएकाले सरकारले त्यसतर्फ समेत ध्यान दिन आवश्यक छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप नेपाल आइपुग्यो

सम्बन्धित

राहतको एकद्वार प्रणालीका कारण बाढी प्रभावित जनता भोकै : सांसद बराल

रसुवा बाढीपछि पुनर्निर्माण तीव्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन

संसद् बैठकमै ढले कांग्रेस सांसद भरत खड्का अस्पताल भर्ना

भोटेकोसी बाढी उद्धारमा सरकार चुक्यो : एमाले सांसद बराल

सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ नगर्न कांग्रेस सांसद बुढाको माग

प्रतिनिधिसभा बैठक सुरु, तीन महत्वपूर्ण सम्झौता र विधेयक पेस हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu