ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृह मन्त्रालयले फेर्‍यो सीडीओको जिम्मेवारी, झापादेखि म्याग्दीसम्म नयाँ नियुक्ति


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ९ : ४५   बजे

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ।

मन्त्रालयले भदौ १८ गते गरेको निर्णयअनुसार गृह मन्त्रालय तथा विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरिएको हो।

गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) अनुसार सहसचिवबाट उपसचिवको दरबन्दी कायम भएका खोटाङ, जाजरकोट, रोल्पा, सल्यान, अछाम, बैतडी र डडेल्धुराका सीडीओको व्यवस्थापन गर्नुपर्ने भएपछि सरुवा गरिएको हो। बैतडी र अछाममा भने नयाँ दरबन्दीअनुसार यसअघि नै सीडीओ सरुवा भइसकेका थिए।

झापाको सीडीओमा श्रवणकुमार पोखरेल

राष्ट्रिय किताबखानाबाट गृह मन्त्रालयमा सरुवा भएका सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।

झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भदौ १७ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा भने अहिलेसम्म स्वीकृत नभएकाले उनलाई पनि गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ।

त्यस्तै, सल्यानका सीडीओ महेन्द्रकुमार सापकोटालाई सुर्खेत र जाजरकोटका सीडीओ खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई गोरखाको सीडीओको जिम्मेवारी दिइएको छ भने गोरखाका सीडीओ तुलसीबहादुर श्रेष्ठलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

खोटाङमा महेशकुमार गुरुङ, दोलखामा रेखा कँडेल

खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई दोलखाको सीडीओ बनाइएको छ। दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई सहसचिवका रूपमा गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ। घिमिरेले यसअघि नै राजीनामा दिइसकेको जनाइएको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई सहसचिवका रूपमा गृह मन्त्रालयमै सरुवा गरिएको छ।

त्यस्तै, रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई पर्वत र पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेललाई रौतहटको सीडीओको जिम्मेवारी दिइएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङलाई खोटाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

डडेल्धुरामा वेदराज फुयाँल

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत वरिष्ठ अध्यागमन अधिकृत वेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराललाई जाजरकोटको सीडीओ बनाइएको छ।

गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याललाई भोजपुरको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ। त्यस्तै गृह मन्त्रालयकी उपसचिव बन्दना केसीलाई सल्यान र उपसचिव गणेश गैरैलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

ऋषिराम तिवारी लागूऔषध नियन्त्रण विभागको पहिलो महानिर्देशक

गृह मन्त्रालयका आन्तरिक महाशाखा प्रमुख ऋषिराम तिवारीलाई लागूऔषध नियन्त्रण विभागको महानिर्देशकका रूपमा सरुवा गरिएको छ।

नयाँ ओएन्डएमअनुसार स्थापना भएको उक्त विभागको पहिलो महानिर्देशकको जिम्मेवारी तिवारीले पाएका हुन्।

अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ।

सहसचिव बाबुराम घिमिरेलाई पनि गृह मन्त्रालय वा अन्तर्गत पदस्थापन गरिएको छ।

सहायक सीडीओको पनि सरुवा

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकाल पौडेललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

यसपटकको सरुवाले नयाँ ओएन्डएमअनुसार जिल्लामा कायम गरिएको उपसचिवस्तरको सीडीओ दरबन्दी व्यवस्थापनसँगै गृह प्रशासनअन्तर्गत विभिन्न जिम्मेवारीमा रहेका सहसचिव तथा उपसचिवको समेत पदस्थापन र जिम्मेवारी हेरफेर गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृह मन्त्रालयले फेर्‍यो सीडीओको जिम्मेवारी, झापादेखि म्याग्दीसम्म नयाँ नियुक्ति

भोटेकोसी बाढीपीडितका लागि राष्ट्रसंघले ४ करोड ९६ लाख डलर सहयोग जुटाउने

सम्बन्धित

५५ वर्षमै अवकाशको प्रस्ताव : हजारौँ कर्मचारी प्रभावित हुने, प्रशासनमा पुस्तान्तरण कि ‘भ्याकुम’?

हिमालयन बैंकको अध्यक्षमा पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्याल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu