ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ – मन्त्री विश्वकर्मा


एबीसी न्यूज
९ बैशाख २०७५, आइतबार   १० : ५८   बजे

पोखरा, ९ वैशाख । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले १८ औँ एशियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भावना रहेको बताउनु भएको छ ।

इण्डोनेशियाको जकार्तामा भदौ २ देखि १६ गतेसम्म आयोजना हुने एशियाली खेलमा छानिएका प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा आबधाई तथा शुभकामना दिँदै मन्त्री विश्वकर्माले खेलाडीेले उच्च मनोबलका साथ खेल खेल्नुपर्नेमा जोड दिनुभयो ।

एशियाली खेलमा पहिलो पटक समावेश भएको प्याराग्लाइडिङ खेलले राष्ट्रको प्रतिष्ठामाथि उठाउनेमा आफू ढुक्क रहेको बताउँदै उहाँले यो ऐतिहासिक अवसरलाई राष्ट्रको गरिमा बढाउने गरी खेलाडीलाई प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

अठारौँ एशियाली खेलमा जाने अफिसियललाई कडाइका साथ नियन्त्रण गर्ने बताउँदै मन्त्री विश्वकर्माले अन्तर्राष्ट्रिय खेलमा पदक प्राप्त गरी देशको प्रतिष्ठालाई उच्च राख्ने खेलाडीलाई सम्मान गरिने जानकारी दिनुभयो ।

सो प्रतियोगितामा प्याराग्लाइडिङ खेलमा नेपालका तर्फबाट दुई उपविद्यामा १० जना खेलाडीले तीन मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो पटक १८औँ एशियाली खेलकूदमा समावेश गरिएको प्याराग्लाइडिङ खेलमा करीब ३० भन्दा बढी राष्ट्रको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group