ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सातै प्रदेशमा फुटबल प्रतिष्ठान स्थापना गरिने


admin
२३ बैशाख २०७५, आइतबार   ७ : ४१   बजे

काठमाडौँ, २३ वैशाख ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले सातै प्रदेशमा १४ वटा फुटबल प्रतिष्ठान स्थापनाका लागि गृहकार्य शुरु गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष शेर्पाले फुटबललाई व्यावसायिक रुपमा विकास गर्न देशभरबाट जनशक्ति उत्पादन गर्न ती प्रतिष्ठान खोलिने बताउँदै तल्लोस्तरसम्मै खेलको वातावरण निर्माण गर्न सोमबार बस्ने एन्फाको बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने बताउनुभयो ।

‘म्याचफिक्सिङ’ रोक्न तत्काल कानून आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “म्याचफिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउन सरोकारवाला निकाय, सरकार र संसद्ले विशेष पहल लिनुपर्छ ।”

नवनिर्वाचित अध्यक्ष शेर्पाले अनुशासन कमिटी र अपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतो तथा अनियमितता रोक्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “हामी सबै खेलाडीको गतिविधि नियाल्छौँ, उनीहरुले कसलाई भेट्छन्, के गर्छन् ? त्यसको विषयमा पनि जानकारी लिन्छौँ ।”

अहिले विभिन्न खेलमा ‘म्याचफिक्सिङ’ हुन थालेको र त्यसलाई रोक्नका लागि फुटबलको सर्वोच्च निकाय फिफाले सफ्टवेयर बनाएको जानकारी गराउँदै उहाँले भन्नुभयोे, “त्यो सफ्टवेयरमार्फत नेचुरल (स्वाभाविक) र अननेचुरल (अस्वाभाविक) गेम पत्ता लगाउन सकिन्छ, त्यो प्रविधिमार्फत हामी अघि बढ्छौँ ।”

पछिल्लो समय फुटबलमा ‘म्याचफिक्सिङ’ गरेको आरोप लागेको बताउँदै उहाँले भन्नुभयो, “फुटबलमा नीतिगत पारदर्शीता हुनुपर्नेमा नयाँ नेतृत्व केन्द्रित हुन्छ, यसका लागि विज्ञहरुसँग छलफल गरेर उपयुक्त नीति बनाउँछौँ ।” एन्फामा देखिएको अनियमितता रोक्नका लागि आर्थिक नियमावली जारी गरेर पारदर्शीता कायम गर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष शेर्पाले फुटबल प्रशासनलाई सूचना प्रविधिमा लैजाने विश्वास दिलाउँदै क्लब दर्तादेखि लिएर खेलाडीको दर्ता पनि अब अनलाइनबाटै गरिने र उनीहरुहरुले क्लब परिवर्तन गर्दा पनि अब अनलाइनबाटै गर्नसक्ने व्यवस्थाको विकास गरिने जानकारी दिनुभयो ।

नेपाली फुटबलको विकासका लागि सबै क्लबलाई आर्थिक तथा भौतिक रुपमा दिगो बनाउने आफ्नो लक्ष्य रहेको सुनाउँदै उहाँले भन्नुभयोे, “म छुट्टीको दिनमा पनि स्तरीय लिग खेल खेलाउने तयारीमा छु ।”

अध्यक्ष शेर्पाले अझैपनि नेपाली फुटबल खेलाडीले मासिक रु डेढ लाखदेखि दुई लाखसम्म कमाउन सक्ने अवस्था रहेको बताउँदै अब एन्फाले व्यावसायिक लिग खेलाउने तयारी गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group