काठमाडौं, १० असार । पहिलो हाफमा कंगोका गोलकिपर लियोनल एमपासीले उत्कृष्ट प्रदर्शन गर्दै ६ बचाउ गरे । १० असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत कोलम्बिया र डिआर कंगोबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।समूह के अन्तर्गत मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भइरहेको खेलको पहिलो हाफमा कोलम्बियाले दबाब बनाएपनि गोल गर्न सकेन ।पहिलो हाफमा कोलम्बियाले ६६ प्रतिशत बल पवसेसन राखेको थियो । यस्तै कूल १० सट प्रहार गर्दा ६ सट अन टार्गेटमा भएपनि गोल हुन सकेन । कंगोका गोलकिपर लियोनल एमपासीले ६ बचाउ गरे ।कंगोका गोलकिपरले केही उत्कृष्ट बचाउ गरेका थिए । कंगोले हानेको २ मात्र सट टार्गेटमा रहन सकेन ।







प्रतिक्रिया दिनुहोस्