ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतिय प्रधानमन्त्री मोदी काठमाडौंमा हुदाँ सडक यसरी हुनेछ अस्तव्यस्त


एबीसी न्यूज
२६ बैशाख २०७५, बुधबार   १ : ४४   बजे

काठमाडौं, २६  वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार दुईदिने नेपाल भ्रमणमा आउँदैछन्। उनको भ्रमणका क्रममा काठमाडौं सडकमा सर्वसाधारणले सास्ती भोग्नुपर्ने भएको छ।

मोदीको भ्रमणको बेला उनको रुट करिब एक घण्टा खाली गराउन पर्ने भएकाले ती रुटमा चल्ने सवारीसाधन पूर्ण रुपमा प्रभावित हुनेछन्।

शुक्रबार बिहानै जनकपुर दर्शन गरी मोदी काठमाडौं आउनेछन्। उनी बौद्धस्थित हायात होटलमा बस्ने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलसम्म पुग्दा करिब एक घण्टा बाटो खाली गराउने सुरक्षा योजना बनेको छ।

त्यस्तै, भोलिपल्ट बिहानै उनी मुक्तिनाथ दर्शनका लागि विमानस्थलबाट हेलिकप्टरमार्फत मुस्ताङ जाने कार्यक्रम छ। त्यो अवधिमा पनि सडक खाली हुनेछ। मुक्तिनाथबाट फर्किएपछि राष्ट्रिय सभागृहमा उनको नागरिक अभिनन्दन र सम्बोधन कार्यक्रम छ। त्यस अवधिमा भृकुटीमण्डपको सडक मात्र नभई रत्नपार्कबाट भद्रकालीतर्फको सडक पनि खाली गराउने तयारी छ।
शनिबार नै उनलाई टुंँडिखेलमा गार्ड अफ अनर दिने कार्यक्रम छ। त्यो अवधिमा पनि टुँडिखेल आसपास सडक खाली गराइने ट्राफिक प्रहरीको तयारी रहेको सुरक्षा स्रोतले बतायो ।

मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम अनुसार उनी शीतलनिवास जानेछन्। त्यस अवधिमा सर्वसाधारणले थप सास्ती भोग्नेछन्। उनको राजनीतिक भेटघाट द्वारिकाज होटलमा हुनेछ। सो अवधिमा होटलको सडकखण्ड बन्द गर्न लागिएको छ। स्वदेश फर्कने क्रममा पनि विमानस्थलसम्मको बाटो करिब एक घण्टा खाली गराइँदा काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्नेछ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी उमेश रञ्जितकारका अनुसार राजकीय भ्रमण भएकाले मापदण्डअनुसार सडक खाली गराउनुपर्ने हुन्छ। सकेसम्म सर्वसाधारणलाई कम मर्का पर्ने गरी आफूहरुले योजना बनाउने उनी बताउँछन्। बन्द हुने सडकको रुटबारे पहिले नै सर्वसाधारणलाई जानकारी दिने ट्राफिकको तयारी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group