ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली चीनको बेइजिङमा


एबीसी न्यूज
५ असार २०७५, मंगलबार   ३ : २५   बजे

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने भ्रमणका क्रममा चीन अवतरण गर्नुभएको छ ।
प्रधानमन्त्री ओली नेपाली समयअनुसार पाउन ३ बजे बेइजिङमा अवरतण गर्नुभएको हो । चिनिया“ समकक्षी ली खछ्याङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली ११९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीन प्रस्थान गर्नु भएको हो ।

चीन भ्रमणका क्रममा उहा“ले चिनिया राष्ट्रपति सि चीनपिङ, प्रधानमन्त्री ली खछ्याङ लगायत उच्च पदस्थ सरकारी अधिकारीहरुस“ग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणमा नेपाल–चीनबिच अन्तरदेशीय सीमापार प्रसारण लाईनको संयुक्त अध्ययन र ऊर्जा सहायतासम्बन्धी सम्झौता हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यस्तै गल्छी–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन निर्माणका लागि विस्तृत अध्ययन गर्न सम्झौता गर्ने तयारी छ । चीन भ्रमणका बेला ऊर्जा, रेल वे, विद्युत प्रसारण लाइन र भूकम्प पछिको पुनर्निर्माणका क्षेत्रमा सम्झौता हुने जनाइएको छ । अघिल्लोपटक प्रधानमन्त्री हु“दा भएका आपसी सहमतिको कार्यान्वयनका विषयमा थप छलफल हुने जनाइएको छ ।

मंगलबार बेलुका नै प्रधानमन्त्री ओलीको टोली बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागि हुने कार्यक्रम छ । बुधबार बिहान ८ बजे प्रधानमन्त्री ओलीले चीनमा रहेको नेपाली दूतावासका कर्मचारी र चीनमा रहेका नेपालीहरुस“ग भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार दिउसो ४ बजे प्रधानमन्त्री ओलीले चिनिया“ राष्ट्रपति सी चीनफीङस“ग भेट्ने कार्यक्रम रहेको छ । शुक्रबार प्रधानमन्त्री ओलीको टोली ल्हासा जाने र शनिबार ल्हासामा रहेको पोतला दरबार, जोखाङ मन्दिर, क्युसु कृषि आयोजनाको अवलोकन गर्ने कार्यक्रम छ । आइतबार बिहान ११ बजेर ५० मिनेटमा प्रधानमन्त्री ओली नेतृत्वको टोली सिचुआन एयरलाईन्समार्फत स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी शहीदका माग सम्बोधन गर्न सरकारको ‘डेडिकेटेड टिम’

महाधिवेशन रोक्नुभन्दा विश्वसनीय बनाउनुपर्छ: प्रवक्ता चालिसे

सम्बन्धित

देउवा : अभिभावक कि फेरि गुटको कमाण्डर?

लगातार वर्षाले विर्दी–सेरा–पौवाटार सडक हिलाम्मे, यात्रु र चालकलाई सास्ती

दसैंअघि नै बैंकका लगानीकर्ताले लाभांश पाउने सम्भावना बढ्यो

विश्वासको मतका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक फेरि सर्‍यो, आज ४ बजे बस्ने

सुन प्रतितोला ५०० रुपैयाँ घट्यो, चाँदीमा पनि ६५ रुपैयाँको गिरावट

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu