ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७५ बाट गुरुङ सम्मानित


एबीसी न्यूज
२९ असार २०७५, शुक्रबार   ८ : ४८   बजे

पोखरा, २९ असार । कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार राजबहादुर गुरुङ सम्मानित भएका हुन । तमु धिं नेपालकी अध्यक्ष कर्मा गुरुङको ३९ औ वैवाहिक वर्षगांठको अवसरमा प्रदान गरिएको कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट गुरुङ सम्मानित भएका हुन । गुरुङलाई राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, तमुधि नेपालकी अध्यक्ष कर्मा गुरुङ, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगरले संयुक्त रुपमा सम्मान गरेका थिए ।

उक्त अवसरमा वोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गण्डकी प्रदेशलाई देशकै नमुना प्रदेश वनाउनका लागी प्रदेशबासी मिलेर अगाडी वढ्नुपर्ने वताए । लोकतन्त्रमा सवैको अधिकार समान हुने भएकाले आफ्नो अधिकार संगै प्रदेशलाई समृद्ध बनाउनतर्फ प्रदेशबासी लाग्नुपर्ने वताउदै पांच वर्ष भित्रमा गण्डकी प्रदेशलाई मुलुककै सम्बृद्ध प्रदेश बनाइ स्वदेशमा मात्र नभइ विदेशमा समेत परिचित बनाउनका लागी सम्पूर्ण प्रदेशबासी लाग्नुपर्ने तिमिल्सिनाको भनाइ रहेको थियो ।

उक्त अवसरमा वोल्दै सम्मानित ब्यक्तित्व राजबहादुर गुरुङले आफ्नो सम्मान सिंगो पत्रकारिताको सम्मान भएको वताउदै अझैपनि पत्रकारिता आवाज विहीनहरुको आवाज बन्न नसकिरहदा सम्पूर्ण आदिवासी जनजाति पत्रकारहरुले आफ्नो आवाजलाई बुलंद गराउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।

पुरस्कारदाता तमु धिं नेपालकी अध्यक्ष कर्मा गुरुङले आफुले आफ्नो वैवाहिक बर्षगांठको अवसर पारी पुरस्कार वितरण गरी जनजातिहरुको आवाज उठाउने पत्रकारहरुलाई सम्मान गर्न पाउदा निकै खुसी लागेको वताइन । अझैपनि जनजातिहरुको पक्षमा सञ्चार माध्याममा समाचार सम्प्रेसण हुन नसकेको वताउदै यसबारेमा आदिवासी जनजाति पत्रकारहरुले सोच्ने वेला आएको वताइन ।

कर्मकर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट रिता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, एमबी आस्था र हुमबहादुर गुरुङ सम्मानित भइसकेका छन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष एमबी आस्थाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पत्रकार रामकृष्ण ज्ञवाली, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष धर्म तमु, फोनिजका सल्लाहकार हुम गुरुङले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा पुरस्कृत व्यक्तिको परिचय सञ्चारकर्मी तथा पुरस्कार छनौट समितीका सदस्य शान्ति गुरुङले व्यक्तित्व परिचय गरेकी थिइन् भने पुरस्कार छनौट समितीका संयोजक सुरेन्द्र थापामगरले पुरस्कार छनौटको बारेमा बोलेका थिए । पुरस्कारको राशि १५ हजार रुपैयाँ नगद, सम्मानपत्र, भाङ्ग्रा, फेटा र खादाले पुरस्कृत गुरुङलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा हालै उप अनुसन्धान निर्देशकबाट सह अनुसन्धान निर्देशकमा बढुवा भएका यम पराजुली र कास्की जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानालाई समेत स्वागत तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group