ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकको सेवामा महानगर निरन्तर लाग्नेछ : प्रमुख शाक्य


admin
२६ आश्विन २०७५, शुक्रबार   २ : १६   बजे

काठमाडौ,२६ असोज । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको प्रत्यक्ष सेवासँग जोडिएका आवश्यक पूर्वाधार विकास र विस्तारका लागि कामपा निरन्तर लागिरहेको बताउनुभएको छ ।

कामपा वडा नं ३ महाराजगञ्ज चोकमा निर्माण गरिएको सडक सङ्केत बत्ती सञ्चालनमा ल्याइने क्रममा प्रमुख शाक्यले उक्त धारणा राख्नुभएको हो । भूकम्पको कारण क्षति पुगेको सो सडक बत्ती रु २५ लाख खर्चमा बनाइएको हो । उक्त सडक बत्तीको रिमोट प्रमुख शाक्यले आज आयोजित कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक राजकुमार लम्साललाई हस्तान्तरण गर्नुभयो ।

“विकास व्यवस्थापनका लागि सबै अधिकार महानगरमा आइपुगिसकेको छैन कामपाको अधिकारमा आएका कार्य क्रमिक रुपमा गरिँदै आएको छ”, शाक्यले भन्नुभयो । महानगरभित्रका ठूला सडकको निर्माण, मर्मतसम्भार तथा व्यवस्थापन सडक विभागको जिम्मामा छ ।

तर विभागबाट यसमा पर्याप्त काम नभएपछि महानगरले काम गरेको हो । वडा नं– ३ का वडा अध्यक्ष दीपक केसीका अनुसार सो वडामा राष्ट्रियस्तरका पाँच अस्पताल छन् । पैदलयात्रु र सवारी आवागमन सहज बनाउन सडक बत्ती जडान गरिएको हो ।

महाराजगञ्जको प्रणालीबाट प्राप्त प्रभाव र आवश्यकता हेरेर वडासँगै शहरका अन्य ठूला चोकमा विस्तार गर्ने महानगरको योजना रहेको कामपा सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाको भनाइ थियो । वडा नं ३ मा महाराजगञ्ज चोक, वसुन्धरा, सामाखुशी गरी तीन ठूला सडक चोक छन्

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group