काठमाडौं, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशै तिहार लगत्तै देशको राजनीति तथा विकासको स्वाद फेरिने बताउनुभएको छ ।
एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमा शुभशंकर कंडेलसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले दशैं तिहार पछि राजनीतिक स्थायित्वले अझ बढी सबलता हासिल गर्ने र देश विकास निर्माणको काममा मात्र अघि बढ्ने बताउनुभएको हो ।
प्रचण्डले पछिल्लो समय देखिएको राजनीतिक परिस्थिति र देशमा भइरहेको दण्डहीनताका विषयमा पार्टी र सरकार दुबैले गम्भीर रुपमा समीक्षा गरिरहेकाले यसै अनुसार महत्वपुर्ण पहलहरु सुरु हुने विश्वास व्यक्त गर्नुभयो । उहा“ले तत्काल जनतालाई प्रभाव पार्ने काममा परिवर्तन नदेखिए पनि दिर्घकालीन महत्वका विषयमा नया“ आधार स्तम्भ सुरु भएको दाबी गर्नुभयो ।
अध्यक्ष प्रचण्डले पार्टी एकीकणपछि तल्लो तहमा एकता गर्न भएको ढिलाई भएकोमा स्वीकार गर्दै स्थानीय तहदेखि नै पार्टी एकताको प्रक्रिया पुरा गर्न दबाब आइरहेको बताउनुभयो । उहांले तल्ला कमिटीको एकता नसकेर वा नचाहेर नभै सरकारको कामलाई नै व्यवस्थित गर्न समय लागकाले ढिलाई भएको दाबी गर्नुभयो । यद्यपी, तलसम्म पार्टी एकताको काम निरन्तर रुपमा चलिरहेको स्पष्ट पार्नुभयो ।
उहांले देशमा पछिल्लो समय मौलाइरहेको दण्डहीनताको अन्त्यका लागि सरकार कठोर रुपमा लाग्ने संकेत पनि गर्नुभयो ।
अध्यक्ष प्रचण्डसँग गरिएको विस्तृत अन्तर्वार्ता आज राति ९ बजे कार्यक्रम आउटलुकमा प्रसारण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्