ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चित्रकारलाई यसपाली खोकनाले किन आकर्षित गर्यो ?


admin
११ कार्तिक २०७५, आइतबार   ११ : ३९   बजे

ललितपुर, ११ कात्तिक । ललितपुरको खोकना शुद्ध तोरीको तेल र ताइचिन चिउराले प्रख्यात छ । यहाँका सुन्दर गैरी खेत र हराभरा फाँटहरु त्यसैका लागि बनेका हुन् झै लाग्छ ।

विगतका वर्षभन्दा उत्पादनमा केही ह्रास आएपनि यहाँको विशेषता अझै हटिसकेको छैन । सुन्दर फाँट र उर्वरभूमि क्रमशः खुम्चिदै छ । यहाँ क्रङ्क्रिट भवनले ढाक्दैछ ।

यही कारण चित्रकारलाई यसपाली खोकनाले आकर्षित गरायो । “पाँच वर्षअघिको हराभरा अहिले धेरै हराइसके, अब २÷४ वर्षमा खोकनाको प्राकृतिक सुन्दरता मेटिन्छ, दृष्यमा भने पनि कैद गर्नुप¥यो”, खोकनाको सुन्दरता चित्रमा उतार्दै कलाकार केशवराज खनालले भन्नुभयो ।

यहाँको सुन्दरताको मोहले २० जना चित्रकार शनिबार खोकना पुगे । ‘स्थलगत चित्रकला कार्यशाला’मा सहभागी उनीहरु चित्र उतार्ने मात्रै होइन आफैँ पनि प्रकृतिबाट सिक्दैनन् । कलाकारका गुरु प्रकृति हो । त्यही प्रकृति चित्रमा उतार्न उनीहरुले आठौँ शृङ्खला खोकनालाई छाने ।

अहिले खोकनाको फाँट सुनौलो संसारझै छ । पहेंलपुर धानले भरिएको फाँटको सुन्दरता शब्दमा उतार्न सकिँदैन । फाँटका बीचबीचमा किसान धान भित्र्याउने चटारो यत्रतत्र देखिन्थे । कतै बस्तु चराउनेको भीड थियो । आन्तरिक र बाह्य पर्यटक विभिन्न मठमन्दिरको दर्शन र दृष्यावलोकनमा मग्न थिए । नवजोडीहरु प्रेमरसमा डुबेका थिए । पल्लो पाखाको हात्तीवन र चम्पादेवी डाँडो, क्षितिजमा देखिने फुलचोकी, नजिकै रहेको सिकाली र रुद्रायणी मन्दिर, माथिल्लो पाखामा बस्ती र बीचमा खोकनाको खासी फाँट आफैँमा सुन्दर छ । दृश्य उतार्न कलाकार विभिन्न समूहमा बाँडिएका थिए ।

प्रकृतिमा यति धेरै कला हुन्छ, छानेर चित्रमा उतार्नुपर्छ, कोठामा बसेर कोरेको चित्रभन्दा प्रकृति हेरेर दृश्य दृश्य उतार्न चुनौती हुन्छ । छिनछिनमा प्रकृति फेरिन्छ । “हरेक रुख हरियो नै हुन्छ तर त्यसका हरियोका रङ्गहरु फरक–फरक हुन्छन्, चित्रमा उतार्नुु नौलो सिकाइ हो”, सुन्दर फाँट र सिकाली मन्दिर चित्रमा कैद गर्दै कलाकार रामकृष्ण थापाले भन्नुभयो ।

विसं २०५३ देखि ललितकलाको शिक्षासँग चित्र कोर्न थाल्नुभएका थापालाई प्रकृतिमा बसेर चित्र उतार्न औधी मन पर्छ । शनिबारे खोकना अभियान पनि उहाँले छुटाउनुभएन । कलाकारलाई लाग्छ, सबै विधाको गुरु नै प्रकृति हो । आँखाले देख्ने रङ्गहरु यहाँबाट सिक्ने हो । कलाको निखारता प्रकृतिले दिन्छ ।

स्थानीय अनुभवी भरत गिरी र ज्ञानरत्न महर्जनले खोकनाको विशेषताबारे बताइसकेपछि कलाकारले यहाँका सुन्दर दृश्यलाई दिनभर लगाएर चित्रमा उतारे । यहाँका रहनसहन, जीवनशैली, इतिहास पनि चित्रमा कैद भएका छन् ।

“अहिलेका सुन्दर फाँट नै भोलिका इतिहास हुन्, यहाँ घर भरिएपछि यो फाँट हराउँछ, बाँकी रहन्छ त हाम्रा चित्र”, विगतका उदाहरण प्रस्तुत गर्दै अर्का कलाकार राकेशचन्द्र श्रेष्ठले भन्नुभयो । कलाकारको अनुभवमा सरकारको नीति भूमि संरक्षण गर्ने खालको छैन । जसले जहाँ पायो त्यही घर बनाइदिन्छन् । त्यसैले महत्वका चिज विस्तारै हराउँदै चित्रमा सीमित हुन्छन् । त्यही चित्र कलाकारले कोरिरहेका छन् ।

शनिबारीय अभियान राकेशमान र दिवेशमानसिंह प्रधानको कल्पना हो । नयाँ, पुराना र कला छाडेर फेरि फर्किएकाहरू यो समूहमा छन् । कलाकारको स्वतफूर्त समूह हो । करीब ४०० सदस्य रहेको फेसबुक समूह छ । हरेक शनिबार कहाँ गएर चित्र कोर्ने भनेर मतदान हुन्छ ।

जुन ठाउँका लागि बढी मत जान्छ उनीहरु त्यही ठाउँमा चित्र कोर्न पुग्छन् । त्यही बनाएका चित्रको बिक्री र आफ्नो व्यवसायबाट केही रकम कटौती गरेर अभियानलाई अगाडि बढाइएको छ ।

यसअघि हनुमानढोका, ललितपुरको दरबार स्वायर, भक्तपुर, ठिमी, चन्द्रागिरि, टेकु पुगेर उनीहरूले यसैगरी चित्र कोरिसके । अभियानलाई दिगो रूप दिने प्रयासमा कलाकार लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group