ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक जो आयो, पुग्ने समय नै फेरियो..


admin
२९ भदौ २०७४, बिहिबार   २ : ४६   बजे

बाबियाचौर (म्याग्दी), २९ भदौ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि पर्वतको जलजला गाउँपालिकाको केन्द्र माझफाँट जोड्ने बेनी–मल्लाज सडक सञ्चालनमा आएपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटिएको छ ।

विसं २०७१ असोजमा मार्ग खुलेको सडक स्तरवृद्धि गरेपछि यातायातका साधन सञ्चालनमा आएको हो । मार्ग मात्र खोलिएको सडक प्राविधिक हिसाबले प्रतिकूल भएका कारण प्रयोगमा आउन सकेको थिएन ।

जलजला गाउँपालिका–१, २, ३, ४ र ५ नम्बर वडाका बासिन्दाले बेनी आवत–जावतका लागि मल्लाज–मिलनचोक–बेनीको घुमाउरो सडक प्रयोग गर्दै आएका थिए । बेनी–मल्लाज सडक सञ्चालनमा आएपछि डेढ घण्टाको यात्रा अवधि तीस मिनेटमा छोटिएको जलजला–३ का वडा सदस्य शशी आचार्यले बताउनुभयो ।

जिल्ला फरक भए पनि पर्वतको माझफाँट, बाँसखर्क, लेकफाँटका बासिन्दा नजिक पर्ने भएकाले प्रशासनिकबाहेक सबै कामका लागि म्याग्दीको बेनीमा निर्भर छन् । सडक घुमाउरो भएकाले धेरैजसो मल्लाजका बासिन्दा बेनी मल्लाज यात्रा पैदलबाटै गर्दै आएका छन् । सडकबाट स्थानीय बासिन्दाले प्रभावकारी सुविधा पाउन सकेका थिएनन् । यो सडक सञ्चालन भएपछि गाडी चढेर यात्रा गर्ने मल्लाजवासीको वर्षौंदेखिको सपना पूरा भएको छ ।

सडक डिभिजन कार्यालय बागलुङले विसं २०७२ मा शुरु गरेको बेनी–मल्लाज–शालिजा सडक आयोजनामार्फत पर्वत बेनीदेखि मल्लाजसम्मको चार किलोमिटर दूरीको सडक स्तरवृद्धि गरिएको हो । रु तीन करोड ७७ लाखमा ठेक्का सम्झौता गरेको बिएन थोडुङ कन्सट्रक्सन जेभीले सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली निर्माण, ग्याबियन पर्खाल र पक्की पर्खाल बनाउने तथा आरसिसी ढलान गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

निर्वाचित सांसदले आफ्नो क्षेत्रमा रु पाँच करोडसम्मको एउटा आयोजना सञ्चालनका लागि सिफारिस गर्न पाउने व्यवस्थाअनुसार पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशीले उक्त आयोजनालाई सिफारिस गर्नुभएको थियो ।

हाल ट्र्याक्टर, जिप र मोटरसाइकल आवत–जावत गर्ने उक्त सडकको माइनडाँडा क्षेत्रमा ग्राभेल गरेर दशँैअघि नै नियमित सवारी सञ्चालन गर्न पहल गरिएको जलजला–३ का वडाध्यक्ष रवि भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार उक्त सडक कालोपत्रका लागि सडक विभागले थप आयोजना सञ्चालनको तयारी गरेको छ । बेनी मल्लाज सडकबाट मल्लाज क्षेत्रमा उत्पादित तरकारी, दूध, आलु, सुन्तलालगायत कृषि उपज बजार पु¥याउन, निर्माण र दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group