ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइड बडी जहाज खरीदमा त्रुटि छः लेखा समिति


admin
९ मंसिर २०७५, आइतबार   ८ : ३०   बजे

काठमाडौं,९ मङसिर । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरीद प्रक्रियामा त्रुटि औंल्याएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा निगमले केही महीनाअघि भित्र्याएको एयरबस ए ३३०–२०० जहाज खरीद प्रक्रियामा सार्वजनिक खरीद ऐन र संस्थाको खरीदविनियमावली विपरित काम भएको जनाएको हो ।

निगमको जहाज खरीद सन्दर्भमा सर्वत्र विरोध र प्रचारबाजी भए पनि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीलाई बोलाएर स्पष्टिकरण लिएको छ ।

समितिका सभापति भरत शाहले निगमको जहाज खरीदप्रक्रियामा महालेखापरीक्षकको ५५ प्रतिवेदनले त्रुटि औंल्याएको र पछिल्लो समय सार्वजनिक रुपमा अनियमितताको कुरा उठेपछि बैठकमा विषय प्रवेश गराइएको बताउनुभयो ।

पुरानो जहाज किन्न टेन्डर निकालेर नयाँ किन्नु कानूनविपरित रहेको भन्दै उहाँले भार क्षमता कमजोर हुनु र एयरबससँग नकिनी अर्कै पाटीसँग खरीद गरिनुले अनियमितताको प्रशस्त आशङ्का जन्माएकोले यो विषयको गहन अध्ययन र छलफल गरी टुङ्गोमा पुगिने धारणा राख्नुभयो ।

समितिले जहाज खरीद प्रक्रियामा अनियमितता भएको प्रश्न उठाइरहदाँ निगमका पदाधिकारीले भने आफ्नो बचाउ गर्दै जहाज खरीद कानूनबमोजिम भएकाले कुनै अनियमितता नभएको जवाफ दिएका छन् ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेल र महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमको विनियमावली, सार्वजनिक खरीद प्रक्रिया अनुरुप जहाज खरीद गरिएको र यसमा कुनै अनियमितता नभएको बताउनुभयो ।

निगम सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले जहाज खरीदसम्बन्धमा सत्य, तथ्य छानबिन गर्न आफूहरुको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

समितिका अधिकांश सदस्यले जहाज खरीदमा कमिसनको खेल र मोटो रकम हिनामिना भएको भनी उठाएको प्रश्नको जवाफ दिँदै महाप्रबन्धक कंसाकारले जहाज खरीदमा १०० प्रतिशत भ्रष्टाचार छैन भन्दै खरीदको टेण्डर गर्दा बोइङभन्दा एयरबस सस्तो परेकाले जहाज ल्याइएको बताउनुभयो ।

कंसाकारको जवाफमा चित्त नबुझेपछि समितिका सदस्य डा मीनेन्द्र रिजाल र हृदेश त्रिपाठीले वाइड बडी खरीद प्रक्रियामा संलग्न पदाधिकारीको अनियमितता रहेको भन्दै उपसमिति गठन गरेर छानबिन अघि बढाउनुपर्ने माग गर्नुभयो ।

व्यवसायिक कार्ययोजना बिनै जहाज खरीद गरिनु र खरीद प्रक्रियामा महालेखापरीक्षकले नै त्रुटि औंल्याएकाले छानबिन गरी कारवाही प्रक्रिया अघि बढाइनुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।

सदस्यहरु विरोध खतिवडा, प्रेम आले, धर्मशिला चापागाईं, सूर्य पाठक, अमनलाल मोदी, राजेन्द्र केसी, प्रदीप यादवलगायतले जहाज खरीद गर्दा एयरबस कम्पनीबाट नलिई बिचौलीयाबाट किनेको, व्यावसायिक योजना नबनाएको भन्दै छानबिन गरी संलग्न दोषीलाई कानुनी कारवाहीका लागि सिफारिस गर्न माग गर्नुभयो ।

समितिका सदस्य प्रेम आले र अमनलाल मोदीले आजकै बैठकले कारवाहीको सिफारिस गर्नुपर्छ भनेपछि सभापति शाहले कानून बमोजिम सबै काम अघि बढ्ने बताउनुभयो । यसअघि बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि वाइड बडी जहाज खरीद प्रक्रियाबारे छानबिन गर्न उपसमिति गठन गरेको थियो । निगमको पहिलो वाइड बडी जहाज असार १४ गते र दोस्रो जहाज साउन १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । समितिको अर्को बैठक मङ्सिर १२ गते पुनः बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

बिम्बमा ‘दुई बालेनको कथा’:धरातलमा “रवि–बालेन संयुक्त कम्पनी”

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu