ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनमन्त्री अधिकारी भन्छन ,परिवार र समाजमा युवाको ठूलो दायित्व छ


admin
१६ मंसिर २०७५, आइतबार   १ : ४३   बजे

काठमाडौं,१६ मङ्सिर । विश्व शान्ति र समृद्धिका लागि युवा तथा विद्यार्थीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गर्न एशिया प्रशान्त क्षेत्रका ४० देशका युवा तथा विद्यार्थी एकै थलोमा भेला भएका छन् ।

एशिया प्रशान्त सम्मेलनका अवसरमा विश्व शान्तिका लागि युवा र विद्यार्थी (वाइएसपी) संस्थाद्वारा आयोजित वाइएसपी–परिसंवाद कार्यक्रममा सहभागीले युवा नेतृत्वले खेल्नुपर्ने भूमिका तथा अनुभव आदानप्रदान गर्नेछन् ।

कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विश्व शान्ति र समृद्धिका लागि युवा वर्गले योगदान गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “परिवार र समाजमा युवाको ठूलो दायित्व छ, युवा वर्गले विगतलाई सुरक्षित, वर्तमानलाई सुन्दर र भविष्यलाई सिर्जनशील बनाउनुपर्छ ।

विश्व शान्तिका लागि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा युवालाई सक्षम बनाइनु पर्नेमा जोड दिनुभयो । संस्कृति मानवीयताको प्रमुख आधारस्तभका रुपमा रहेको चर्चा गर्दै उहाँले योग्यता र अनुभवको साझेदारीले एकापसमा जोड्ने विश्वास व्यक्त गर्नुभयो । नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने जानकारी गराउँदै उहाँले एशिया प्रशान्त सम्मेलनमा सहभागीले आ–आफ्नो मुलुकमा नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने उल्लेख गर्नुभयो ।

वाइएसपी नेपालका अध्यक्ष प्रकाशबाबु थापाले दिगो शान्ति स्थापनाका लागि युवा तथा विद्यार्थीको ठूलो भूमिका हुने उल्लेख गर्दै विश्वलाई सुन्दर बनाउने जिम्मेवारी युवाको काँधमा आएको बताउनुभयो ।

सो अवसरमा सुविन भट्टराई, मन्दिरा रावत थापा, युवराज चौलागाईं, प्रताप दास, सुदीपकुमार कार्की, गणपतिलाल श्रेष्ठ, शङ्करकुमार प्रधान, अर्जुन अधिकारी, तुलसीराम पाण्डे, रवीन्द्र थापा र राज सागरलाई ‘युथ एम्बेसडर फर पिस’ उपाधिले सम्मान गरिएको थियो ।

कार्यक्रममा युथ लिडरशिप ट्रेनिङ ९वाइटिआई० इन्टरनेशनलका सदस्यले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा १२० विदेशीसहित करीब ३०० युवा तथा विद्यार्थी सहभागी भएका छन् । नेपालका तर्फबाट सातै प्रदेशबाट १०÷१० जनाका दरले प्रतिनिधित्व गरिएको छ । सो अवसरमा राष्ट्रिय अवार्ड विजेताले युवा अधिकार र दायित्वका बारेमा प्रवचन दिने वाइएसपी नेपाल अध्यक्ष थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group