ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुआब्जा समस्या समाधान गरी द्रुतमार्ग अघि बढ्छ : रक्षामन्त्री पोखरेल


admin
२७ मंसिर २०७५, बिहिबार   ५ : ५३   बजे

काठमाडौं,२७ मङसिर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई-मधेश द्रुतमार्ग’को प्रवेशबिन्दु ललितपुरको खोकना र बुङ्गमति क्षेत्रमा देखिएको मुआब्जा विवादबारे स्थानीय जनताका मागलाई अधिकतम सम्बोधन गरेर आयोजना अघि बढाइने बताउनुभएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय गौरवका यस्ता आयोजना निर्माण गर्दा र समृद्धिको अभियान सञ्चालन गर्दा स्थानीयवासीका केही गुनासो आउन सक्छन् तर कामलाई अवरोध र विषयलाई जटिल बनाउने गरी प्रस्तुत नहुन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “सो क्षेत्रमा करीब ५० प्रतिशत मुआब्जा वितरण भइसकेको छ, अहिले पनि स्थानीयवासीले मुआब्जा पाउँ भनिरहेका छन् तर कतिपय पक्ष र जनप्रतिनिधिले रोकाएको त होइन भन्ने विषय पनि आएको छ ।”

उपप्रधानमन्त्री पोखरेलले मुआब्जासम्बन्धी कानूनतः स्पष्ट मापदण्ड र अख्तियारी रहेको तथा नेपाल सरकारले निर्णय गरेर विधिवत्रुपमा सो मार्ग निर्माण गर्न नेपाली सेनालाई हस्तान्तरण गरिएकाले नयाँनयाँ विवाद झिक्न नहुनेमा जोड दिनुभयो ।

स्थानीयवासीले मुआब्जा बढाउनुपर्ने, स्थानीय ऐतिहासिक महत्वको स्थलको संरक्षण हुनुपर्नेलगायतका माग राख्दै आएका छन् । उहाँले द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न ग्लोबल बोलपत्रका आधारमा जिम्मेवारी दिइएको र आउँदो माघको तेस्रो सातासम्म प्रतिवेदन प्राप्त हुने जानकारी दिनुभयो ।

खोकना र बुङ्गमति क्षेत्रमा दु्रतमार्ग, बाहिरी चक्रपथलगायत अन्य राष्ट्रिय आयोजना परेर त्यहाँका बसाइँ थिलथिलो हुन सक्नेतर्फ आफूले प्रधानमन्त्री तहसम्म छलफल गरेर स्थानीय जनताका माग सम्बोधन गर्न पहल गर्ने उल्लेख गर्दै उहाँले पहिला तय भइसकेको योजनाको हकमा सोहीबमोजिम गर्नुहुने भनाइ राख्नुभयो ।

ललितपुरको सैँबु, खोकना, बुङ्मति क्षेत्रमा आयोजनाका लागि आवश्यकपर्ने करीब ८०० रोपनी जग्गा अधिग्रहण हुनुपर्नेछ । सांस्कृतिक सम्पदा सिकाली मन्दिर जोगाएर पूर्वनिर्धारत सडकको रेखाङ्कनमा सामान्य परिवर्तन गर्न स्थानीय सरोकारवाला र जनप्रतिनिधिले दबाब दिएका छन् ।

खोकनाबाट बाराको निजगढसम्म ७६ दशमलब दुई किमी हुने दक्षिण एशियालीस्तरको सो मार्गको नेपाली सेनाले निर्माण गरिरहेको छ ।

नेपाल सरकारले २०७४ वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयबाट सो आयोजना निर्माणको जिम्मा सेनालाई दिएको थियो भने २०७४ जेठ १४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढमा त्यसको शिलान्यास गर्नुभएको थियो । आयोजनाका लागि चालू आवमा रु १० अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले एक स्थानमा मुआब्जा वृद्धि गर्दा देशभरको मापदण्डमा असर पर्ने भएकाले मन्त्रालयले मात्रै निर्णय गर्न नसक्ने भए पनि स्थानीय जनताका मागलाई सम्बोधन गरिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आयोजनाको मुआब्जा निश्चित मापदण्डका आधारमा हुन्छ, वृद्धिका लागि भूमाफिया लागेका हुन सक्छन्, अधिकार प्राप्त प्रमुख जिल्ला अधिकारीको मिलेमतोमा अनियमितता भएको पनि हुन सक्छ, त्यस्ता विषयमा कारावाही गर्नुपर्ने हुन्छ ।”

समितिका सदस्य एवं लतिलपुरका सांसद पम्फा भुसालले आयोजनाका नाममा सधैँ खोकना र बुङ्मतिका जनता प्रभावित हुँदै आएकाले द्रुतमार्गको प्रवेशबिन्दुको स्थल परिवर्तन गर्न सुझाव दिनुभयो ।

सांसदद्वय दीलेन्द्रप्रसाद बडू र डा अमरेशकुमार सिंहले कुनै पनि बहानामा द्रुतमार्ग आयोजनाको निर्माणमा अवरोध हुन नहुने र उठेका समस्यालाई सरकारले चाँडो समाधान गर्नुपर्ने बताउनुभयो ।

समितिका सभापति शशि श्रेष्ठले सो विषयमा आगामी बैठकमा छलफल जारी सरकारलाई निर्देशन दिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group