ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकको विकासका लागि पुस्तकालयको भूमिका महत्वपूर्ण ः डा भट्टराई


एबीसी न्यूज
१३ बैशाख २०७६, शुक्रबार   ७ : १५   बजे

काठमाडौँ, १३ वैशाख । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको विकासका लागि सार्वजनिक पुस्तकालयको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको १६औँ वार्षिक साधारणसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले पुस्तकालयमा उपलब्ध पुस्तक पढेर धेरै मुलुकले विकास गरेको बताउनुभयो । “ज्ञानका कारण अमेरिकाले विकास गरेको हो, देश विकासका लागि नेतृत्वले समयअनुसार अध्ययन गर्नु जरुरी छ”, उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री डा भट्टराईले पछिल्लो समय सार्वजनिक सम्पत्ति दुरुपयोग हुँदै गएको भन्दै यसलाई जोगाउनु राज्यको दायित्व रहेको उल्लेख गर्नुभयो । काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयलाई देशकै गर्व गर्न लायक पुस्तकालयका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

पुस्तकालयका अध्यक्ष एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले पुस्तकालयलाई छायाँमा राखेर मुलुकको विकास हुन नसक्ने बताउनुभयो । मुलुकको राजनीति र आर्थिक विकासका लागि पुस्तकालयको विकास हुुनुपर्ने उहाँको भनाइ थियो । पूर्वमन्त्री गणेश शाहले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन पुस्तकालयको विकास गर्नु जरुरी रहेको बताउनुभयो । सांसद छक्कबहादुर लामाले पुस्तकालयमा सरकारी अनुदान कमी हुँदै गएको बताउँदै यसका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

सोह्र वर्ष अगाडि शुरु भएको उक्त पुस्तकालयमा हाल विभिन्न भाषाका एक लाखभन्दा बढी पुस्तक रहेका छन् । दैनिक २०० भन्दाबढी पाठक पुस्तक अध्ययनका लागि आउने उक्त पुस्तकालयको आफ्नो भवन नहुँदा पुस्तक व्यवस्थापनमा समस्या परेको पुस्तकालय समाजका महासचिव मोहनकुमार इङनामले जानकारी दिनुभयो । सोही अवसरमा पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएकामा पूर्वप्रशासक सूर्यप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group